
विराटनगर । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । दुई दिनसम्म लगातार घटेको सुनको मूल्य आज प्रतितोला एक हजार तीन सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ९४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला एक लाख ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा ३५ रुपैयाँले बढेर दुई हजार दुई सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला दुई हजार दुई सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 













