
विराटनगर । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला दुई हजार तीन सय रुपैयाँले बढेको हो ।
महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला एक लाख ९५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला ४० रुपैयाँले बढेर दुई हजार तीन सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला दुई हजार तीन सय १० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 













