
विराटनगर । विराटनगरमा सशस्त्र प्रहरीले एक सय लिटर घरेलु मदिरा नष्ट गरेको छ । विराटनगर-१८ रेल्वे लाइनबाट सोमबार दिउँसो भारततर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले घरेलु मदिरा बरामद गरेको थियो ।
सोही मदिरा स्थानीय जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ । नष्ट गरिएको मदिरा करिब १५ हजार रुपैयाँ बराबरको रहेको जनाइएको छ ।
सशस्त्र प्रहरी बलको नेपाल बिओपी जहदा-भुटाहा मोरङको गस्ती टोलीले चार जनाको समूहले भारततर्फ लैजाँदै गरेको अवस्थामा अवैध मदिना बरामद गरेको थियो ।

संगालोखबर 

















