धनकुटाको अरुणोदय माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-५ स्थित अरुणोदय माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । सेवा र विकासका लागि युवाको आयोजना तथा प्राज्ञिक विद्यार्थी परिषद् नेपालको समन्वयमा शैक्षिक सामग्री वितरण गरिएको हो ।
विद्यार्थीलाई वितरण गरिएको शैक्षिक सामग्री भारतीय जनता तथा भारत सरकारको सहयोगमा उपलब्ध गराइएको आयोजकले जनाएको छ । आयोजकका अनुसार विद्यालयमा अध्ययनरत १५० विद्...




























