संगालोखबर


विराटनगर । प्रतिनिधिसभाको आजको बैठकमा नेकपा एमालेका सांसद राजेन्द्र राईलाई सभामुख डोलप्रसाद अर्यालले बोल्न रोकेका छन् । आफैँले बोल्न समय दिएका सभामुखले सांसद राईले बोल्न सुरु गरेको केही सेकेन्डमै थप अगाडि नबढ्न निर्देशन दिएका हुन् ।

सांसद राईले सभामुख र सभाको अवहेलना गरेको भन्दै सभामुख अर्यालले बोल्न रोकेका छन् । सुरुमै सांसद राईले ‘सम्माननीय सभामुख महोदय, सभामुखलाई एउटा निवेदन गर्नु पर्यो। तपाईँ कान सुन्नुहुन्छ कि सुन्नुहुन्न ? सभामुखलाई यो निवेदन हो’ भनेका थिए ।

Advertisement

त्यसपछि सभामुख अर्यालले भने, ‘माननीय सदस्य आफ्नो भनाइ मर्यादामा बसेर राख्नु होला । माननीय सदस्यलाई म योभन्दा अगाडि बढ्न निर्देशन दिँदिन । समय दिँदैन, बस्नुस् ।’ सांसदहरूले विरोध गरेपछि अहिले केही समयका लागि संसद् स्थगित भएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!