संगालोखबर
साङ्केतिक तस्बिर

विराटनगर । मोरङको कटहरी गाउँपालिका-४ नयाँबजारमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका-५ घर भएकी २० वर्षीया सञ्जु सहनीको करेन्ट लागेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार सहनीको माइती घर कटहरी हो । माइतीघर गएकी उनलाई आज बिहान ७ः१५ बजेतिर पानी तान्ने मोटरको तारबाट करेन्ट लागेको प्रारम्भिक अनुसन्धानबाट खेलेको प्रहरीले जनाएको छ ।

Advertisement

प्रहरीका अनुसार पानीको कल चलाउने क्रममा करेन्ट लाग्दा सहनीको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थल पुगेको प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!