संगालोखबर


विराटनगर । विराटनगरको भाटभटेनी सुपरमार्केट असार २७ गतेदेखि पुनः सञ्चालनमा आउने भएको छ । जेनजी आन्दोलनका क्रममा आगजनी हुँदा ध्वस्त भएको भाटभटेनी असार २७ गते शनिबारदेखि सञ्चालनमा आउने भएको हो ।

करिब १० महिनाको पुनर्निर्माणपछि स्टोर सञ्चालनमा आउन लागेको हो । सोमबार स्टोरमा विशेष पूजासमेत गरिएको  छ । सो अवसरमा भाटभटेनीकी निर्देशक सावित्री घले गुरुङले पुनर्निर्माणमा अहोरात्र खटिएका करिब ३०० मजदुरलाई नगदसहित सम्मान गरेकी थिइन् ।

Advertisement

जेनजी आन्दोलनका क्रममा भाटभटेनीका देशभर रहेका २८ मध्ये १२ शाखा जलेर नष्ट भएका थिए । जसमध्ये विराटनगर पुनः सञ्चालनमा आउन लागेको आठौँ स्टोर हो ।

१० महिनाअघि भएको आगजनीबाट भाटभटेनीले करिब १० अर्ब ८५ करोड रुपैयाँको क्षति बेहोरेको थियो । हाल अत्याधुनिक सुरक्षा मापदण्ड र नयाँ डिजाइनसहित स्टोरलाई पुनर्निर्माण गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!