सुनसरीको गढीका युवकको क्यानाडामा मृत्यु

सुनसरीको गढीका युवकको क्यानाडामा मृत्यु

सुनसरी । सुनसरीको गढी गाउँपालिकाका ३२ वर्षीय उदेश थान्दारको क्यानाडामा मृत्यु भएको छ । अन्टारियोको थण्डर वे सहरमा श्रीमतीसहित बस्दै आएका थान्दारको हृदयघातका कारण मृत्यु भएको एनआरएन क्यानाडाले जनाएको छ । उनी उच्च शिक्षा अध्ययनका लागि क्यानाडा गएकी श्रीमतीको आश्रितका रुपमा ६ महिनाअघि क्यानाडा गएर थण्डर वेमा बस्दै आएका थिए । एनआरएनए, क्यानाडाले थान्दारको अन्तिम संस्कार लगायतका आवश्यक विषयमा सहयोग ...
ताप्लेजुङको तापेथोकमा भूकम्प

ताप्लेजुङको तापेथोकमा भूकम्प

ताप्लेजुङ । ताप्लेजुङमा भूकम्प गएको छ । गएराति १ः४६ बजे ताप्लेजुङको तापेथोक आसपास ४.४ म्याग्निच्युडको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । ताप्लेजुङ र आसपासको जिल्लामा समेत भूकम्प महसुस गरिएको थियो । अविरल वर्षाका कारण बाढी पहिरोले प्रभाव पारिरहेका बेला भूकम्प गएपछि स्थानीय बासिन्दा त्रसित भएका थिए । हालसम्म भूकम्पका कारण भएको क्षतिको विवरण आइसकेको छैन । यसअघि असार १४ ...
टेलिकमको रिचार्ज र डाटा प्याक सेवा सात घण्टा अवरुद्ध हुने

टेलिकमको रिचार्ज र डाटा प्याक सेवा सात घण्टा अवरुद्ध हुने

विराटनगर । बिलिङ प्रणालीमा स्तरोन्नति गर्ने सिलसिलामा नेपाल टेलिकमको रिचार्ज र प्याकेज खरिदको सेवा सात घण्टा बन्द हुने भएको छ । टेलिकमको ब्यालेन्स रिचार्ज, प्याकेज खरिद, ब्यालेन्स चेक, सोधपुछसहितका सेवा आज राति ११ बजेदेखि भोलि बिहान ६ बजेसम्म प्रभावित हुने भएको हो । टेलिकमले सार्वजनिक सूचना जारी गर्दै यो जानकारी दिएको हो । टेलिकमले बिलिङ प्रणाली स्तरोन्नति परीक्षण गर्ने भएकोले यसका सेवा प्रभावि...
युवतीलाई जिस्क्याएको विषयमा विवाद हुँदा विराटनगरमा युवकको हत्याः चारजना पक्राउ

युवतीलाई जिस्क्याएको विषयमा विवाद हुँदा विराटनगरमा युवकको हत्याः चारजना पक्राउ

विराटनगर । धारिलो हतियार प्रहार गरी गएराति विराटनगरमा भएको युवकको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । दुई समूहबीच झगडा हुँदा तीनजना घाइते भएका थिए । घाइतेमध्ये मोरङको कटहरी गाउँपालिका–१ का २१ वर्षीय करण कामतको मृत्यु भएको थियो । उनलाई धारिलो हतियारले प्रहार गरिएको थियो । छाती, पेटलगायत शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा उनको उपचारका क्रममा कोशी अस्पतालमा मृत्यु ...
युवा उद्यमी मञ्च विराटनगरको नयाँ नेतृत्व चयन

युवा उद्यमी मञ्च विराटनगरको नयाँ नेतृत्व चयन

विराटनगर । नेपाली युवा उद्यमी मञ्च, विराटनगरको अध्यक्षमा शुभम भट्टराई चयन भएका छन् । मञ्चको २० औैं वार्षिक साधारण सभाले आगामी एक वर्षका लागि भट्टराईको अध्यक्षतामा नयाँ समिति सर्वसम्मत चयन गरेको हो । साधारण सभाले मञ्चको उपाध्यक्षमा संजिव सिक्देल र रोमन कट्टेललाई चयन गरेको छ । कोषाध्यक्षमा संयम श्रेष्ठ, कार्यक्रम संयोजकमा रितेष खनाल र लर्निङ सेसन संयोजकमा उकृष्ट भट्टराई चयन भएका छन् । च्याप्टर सं...
मोटरसाइकलमा गाँजा बोकेर हिँडेका धनकुटाका युवक पक्राउ

मोटरसाइकलमा गाँजा बोकेर हिँडेका धनकुटाका युवक पक्राउ

धनकुटा । धनकुटा र मोरङबाट प्रहरीले लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ । धनकुटाको साँगुरीगढी–९ का २६ वर्षीय लक्ष्मण राईलाई १२ किलो गाँजासहित पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार को १९ प ९८७७ नम्बरको मोटरसाइलमा राखेर उक्त परिमाणको गाँजा लैजाने क्रममा उनलाई पक्राउ गरिएको हो । यसैगरी, मोरङको लेटाङस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले लेटाङ नगरपालिका–६ का ३२ वर्षीय अभि...
पहिरो पन्छाएपछि धरान-धनकुटा सडकमा यातायात सुचारु

पहिरो पन्छाएपछि धरान-धनकुटा सडकमा यातायात सुचारु

धनकुटा । बाढी र पहिरोका कारण अवरुद्ध कोशी राजमार्गको धरान-धनकुटा सडक खण्डमा सवारी आवतजावत सुचारु भएको छ । धनकुटाको साँगुरीगढी-६ फेदीसहित आसपास क्षेत्रमा खसेको पहिरो र बाढीले सडकमा थुपारेको ढुङ्गामाटो पन्छाएपछि यातायात सुचारु भएको हो । फेदीस्थित सडकमा पहिरो खस्नुका साथै गर्जुवा, खराने लगायत खोलामा आएको बाढीले सडकमा ढुङ्गामाटो थुपार्दा बिहान करिब ८ बजेबाट सडक अवरुद्ध भएको थियो । लेउती खोलाको पुलद...
पहिरोले घर बगाउँदा उदयपुरमा बालिकाको मृत्यु, आमा घाइते

पहिरोले घर बगाउँदा उदयपुरमा बालिकाको मृत्यु, आमा घाइते

उदयपुर । अविरल वर्षापछि झरेको पहिरोले घर बगाउँदा उदयपुरमा एक बालिकाको आज बिहान मृत्यु भएको छ । उनकी आमा घाइते भएकी छन् । उदयपुरको त्रियुगा नगरपालिका–१५ तोरीबारीमा रहेको उनीहरुको घर पहिरोले बगाएको थियो । स्थानीयका तीनवटा घरमा पनि पहिरोले क्षति पुर्याएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डीएसपी राजेन चापागाईंका अनुसार पहिरोमा परी स्थानीय ८ वर्षीया रुपकला मगरको मृत्यु भएको हो । उनकी ४० ...
प्रतिबन्धित भारतीय नोटसहित विराटनगरमा २ जना पक्राउ

प्रतिबन्धित भारतीय नोटसहित विराटनगरमा २ जना पक्राउ

विराटनगर । प्रतिबन्धित नोटसहित विराटनगरबाट सशस्त्र प्रहरीले भारतीय र नेपाली नागरिकलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट तीन लाख १७ हजारभारतीय रूपैयाँ बरामद भएको छ । प्रहरीका अनुसार विराटनगर–७ का २४ वर्षीय रोनक अग्रवाललाई भारतको जोगबनीबाट आउँदै गरेको अवस्थामा गएराति पक्राउ गरिएको हो । मोटरसाइकलमा आउँदै गरेका उनलाई जाँच गर्दा ५ सय दरका ४ सयवटा भारतीय नोट बरामद भएको थियो । नेपालमा ५ सयमाथिका भारतीय...
चौबिसेको गाउँसभाद्वारा आगामी आर्थिक वर्षका लागि ४९ करोड बजेट पारित

चौबिसेको गाउँसभाद्वारा आगामी आर्थिक वर्षका लागि ४९ करोड बजेट पारित

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाको गाउँसभाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ४९ करोड २९ लाख २३ हजार बराबरको बजेट पारित गरेको छ । सोमबार गाउँसभाको १५ औं अधिवेशनको दोस्रो बैठकले बजेट पारित गरेको हो । गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङको अध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष टंकमायाँ पाङ्गमीले बजेट प्रस्तुत गरेकी थिइन् । गाउँपालिकाले वित्तीय समानीकरण अनुदान संघीय सरकारबाट ८ करोड ८४ लाख, राजश...
विराटनगरमा एक युवकको हत्या, २ जना घाइते

विराटनगरमा एक युवकको हत्या, २ जना घाइते

विराटनगर । धारिलो हतियार प्रहार गरी विराटनगरमा एकजना युवकको गएराति हत्या भएको छ । अज्ञात समूहको आक्रमणमा परी दुईजना घाइते भएका छन् । विराटनगर महानगरपालिका–२ मा भएको घटनामा मोरङको कटहरी गाउँपालिका–१ का २१ वर्षीय करण कामतको हत्या भएको प्रहरीले जनाएको छ । घटनामा कटहरीकै २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते भएका छन् । उनीहरुलाई घाइते अवस्थामा देखेर स्थानीय बासिन्दाले उपचारका लागि कोशी अ...
बाढी र पहिरोका कारण धरान-धनकुटा सडक अवरुद्ध

बाढी र पहिरोका कारण धरान-धनकुटा सडक अवरुद्ध

धनकुटा । वर्षासँगै आएको बाढी र पहिरोका कारण कोशी राजमार्गको धरान-धनकुटा सडक खण्ड अवरुद्ध भएको छ । धनकुटाको साँगुरीगढी-६ फेदीमा पहिरो खसेपछि आज बिहान करिब ८ बजेबाट सडक अवरुद्ध भएको हो । अविरल वर्षाका कारण फेदीमा पहिरो खसेर सडक अवरुद्ध हुँदा सवारी आवतजावत बन्द भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए । ‘फेदीमा पहिरो खसेको छ, यहाँ आसपासका खोलाहरूमा बाढी आएर लेदोसहितको ढुङ्...
मोरङमा बढ्यो चैत धान उत्पादन

मोरङमा बढ्यो चैत धान उत्पादन

विराटनगर । मोरङमा चैते धान उत्पादन बढेको छ । गत वर्षभन्दा पाँच हजार ५६० मेट्रिक टन बढी धान उत्पादन भएको हो । गत वर्ष एक लाख २३ हजार २०० मेट्रिकटन उत्पादन भएको थियो । कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष वृद्धि भई एक लाख २८ हजार ७६० मेट्रिक टन उत्पादन भएको केन्द्रका प्रमुख रामदेव सिंहले बताए । दुई वर्ष अघिसम्म चैते धान प्रतिमन करिब ६०० मूल्य पाएका किसानले गत वर्ष नौ सयभन्दा धेरै पाएको र यो वर्ष ए...
नयाँ समीकरणअनुसार कोशी प्रदेशमा पनि सरकार पुनर्गठन हुने

नयाँ समीकरणअनुसार कोशी प्रदेशमा पनि सरकार पुनर्गठन हुने

विराटनगर । मुख्य दुई राजनीतिक दलबीच केन्द्रमा भएको नयाँ सत्ता समीकरणअनुसार कोशी प्रदेशमा पनि सरकार पुनर्गठन गरिने भएको छ । यसका लागि आन्तरिक तयारी भइरहेको जनाइएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केन्द्रमा असार २८ गते नयाँ समीकरणअनुसार अर्को सरकार बनेपछि त्यसका आधारमा कोशी प्रदेशमा सरकार पुनर्गठन हुने बताए । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले तत्का...
झापामा खोलामा डुबेर बालकको मृत्यु

झापामा खोलामा डुबेर बालकको मृत्यु

झापा । माईखोलामा डुबेर झापामा एक बालकको मृत्यु भएको छ । झापा गाउँपालिका–२ स्थित सानो माईखोलामा डुबेर सडकवाडी गाउँका रहमान आलमका अढाई वर्षका छोरा दिलसाद आलमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घर नजिकै रहेको माई खोलामा डुबेर ती बालकको आज मृत्यु भएको हो । कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि भद्रपुरस्थित प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।
पैनीमा डुबेर झापाको बाह्रदशीका वृद्धको मृत्यु

पैनीमा डुबेर झापाको बाह्रदशीका वृद्धको मृत्यु

झापा । झापाको बाह्रदशी गाउँपालिकास्थित पैनीमा डुबेर एकजना वृद्धको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका–२ राजगढका ६५ वर्षीय मोहन राजवंशीको पैनीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दाले उनलाई डुबेको अवस्थामा देखेपछि उद्धार गरी बाहिर निकालिेका थिए । त्यसपछि उनको मृत्यु भइसकेको पाइएको थियो । उनले प्रयोग गरेको साइकल पनि सोही स्थानमा भेटिएको थियो । घटनाबारे अनुसन्धान भइरहेको जानका...
धनकुटा जिल्ला प्रशासनमा स्वास्थ्य सहायता कक्ष

धनकुटा जिल्ला प्रशासनमा स्वास्थ्य सहायता कक्ष

धनकुटा । जिल्ला प्रशासन कार्यालय धनकुटामा स्वास्थ्य सहायता कक्षा स्थापना गरिएको छ । प्रशासन कार्यालयको समन्वय साथै धनकुटा नगरपालिका र स्वास्थ्य कार्यालयको व्यवस्थापनमा स्वास्थ्य सहायत कक्ष स्थापना गरिएको हो । प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउन आउने वृद्धवृद्धा लगायत अन्य सेवाग्राहीको स्वास्थ्यलाई मध्यनजर गर्दै सहायता कक्ष सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जा...
मकै रुङ्न गएका दम्पतिमाथि बन्दुक प्रहार, महिला घाइते

मकै रुङ्न गएका दम्पतिमाथि बन्दुक प्रहार, महिला घाइते

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–११ मा भरुवा बन्दुकको छर्रा लागेर एकजना महिला घाइते भएकी छन् । प्रहरीका अनुसार स्थानीय शेषराज खतिवडा र उनकी श्रीमती मेनुका खतिवडा दुम्सीबाट मकै जोगाउन आफ्नो बारीमा गएका बेला घटना भएको हो । प्रहरीका अनुसार मकैबारी रुङ्नका लागि बनाइएको अस्थायी टहरामा उनीहरु सुतिरहेको अवस्थामा एक्कासि भरुवा बन्दुक पड्किएको थियो । त्यस क्रममा मेनुकाको ढाडको दाहिनेतिर छर्राले ...
पहिरो पन्साएपछि भेडेटार–राजारानी सडक सञ्चालनमा

पहिरो पन्साएपछि भेडेटार–राजारानी सडक सञ्चालनमा

धनकुटा । पहिरो खसेर अवरुद्ध बनेको भेडेटार–रवि–राँके सडकअन्तर्गत भेडेटार–राजारानी खण्ड सञ्चालनमा आएको छ । साँगुरीगढी गाउँपालिकाको कुइभीर र ओढारे भीरमा हिरो खस्दा सडक अवरुद्ध बनेको थियो । शनिबार राति खसेको पहिरोका कारण आइतबार दिनभरजसो सवारी सञ्चालन हुन सकेको थिएन । पहिरो पन्साएर सडक खुलाइएको जानकारी इलाका प्रहरी कार्यालय भेडेटारका इन्चार्ज जीवन कार्कीले दिएका छन् । आज बिहानदेखि उक्त सडक खण्डमा या...
झापामा हात्ती आएको जानकारी मोबाइल एपबाट दिने प्रविधि जडान

झापामा हात्ती आएको जानकारी मोबाइल एपबाट दिने प्रविधि जडान

झापा । हात्ती गाउँतिर आएको सूचना अब मोबाइल एपको प्रयोगमार्फत् पाउन सकिने भएको छ । झापाको मेचीनगरमा हात्ती आगमन सूचना प्रविधि केन्द्र स्थापना गरी यस्तो व्यवस्था गरिएको हो । केन्द्रको प्रतिनिधिसभाका समामुख देवराज घिमिरेले उद्घाटन गरेका छन् । मेचीनगर नगरपालिकाले जडान गरेको उक्त प्रविधिबाट हात्ती प्रभावित स्थानीय बासिन्दालाई राहत हुने जनाइएको छ । मोबाइलमा डाउनलोड गरिएको एफमार्फत् कसैले हात्ती आएको ...
निरन्तर घट्दै कोशीमा पानीको बहाव

निरन्तर घट्दै कोशीमा पानीको बहाव

सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव निरन्तर घट्ने क्रममा छ । शनिबार साँझसम्म तीव्र रुपमा बढेको बहाव आइतबार बिहानदेखि घट्न थालेको हो । हाल कोशी ब्यारेजका ५६ वटा ढोकामध्ये ४२ ढोका खोलिएका छन् । आज बिहान सप्तकोसीमा पानीको बहाव २ लाख ६१ हजार ७१० क्युसेकमा झरेको छ । यसअघि आइतबार ३ लाख ९३ हजार ७१५ क्युसेक पानीको बहाव थियो । सुनसरीका प्रहरी प्रमुख एसपी विपिन रेग्मीका अनुसार पानीलाई निकास दिन कोशी ब्य...
बाढीपहिरोमा परी ७० जनाले ज्यान गुमाए, ५ जना बेपत्ता

बाढीपहिरोमा परी ७० जनाले ज्यान गुमाए, ५ जना बेपत्ता

विराटनगर । अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी देशका विभिन्न स्थानमा गरी ७० जनाले ज्यान गुमाएका छन् । मनसुन सुरु भएयताका घटनाहरुमा ८६ जना घाइते भएको प्रहरीले जनाएको छ । पाँचजना बेपत्ता भएका छन् । नेपाल प्रहरीको काठमाडौंस्थित मुख्यालयका अनुसार २४ घण्टायता मात्र बाढीपहिरोका कारण ५२ जनाभन्दा बढीको मृत्यु भएको छ । निरन्तरको वर्षाले काठमाडौंसहित गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्ल...
प्रदेशस्तरीय महिला फुटबलः झापा र भोजपुर फाइनलमा

प्रदेशस्तरीय महिला फुटबलः झापा र भोजपुर फाइनलमा

खोटाङ । खोटाङको बुइपामा जारी कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको फाइनलमा झापा र भोजपुरले स्थान पक्का गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित यलम्बर रङ्गशालामा सम्पन्न सेमिफाइनल खेलमा झापाले ताप्लेजुङलाई शून्यका विरुद्ध ६ गोलले हरायो । यस्तै, भोजपुरले ओखलढुङ्गालाई शून्यका विरुद्ध दुई गोलले पराजित गरी फाइनलमा स्थापन पक्का गरेको हो । झापाकी जेनिफर रानामगर एक्लै ६ गोल ग...
खोटाङका अधिकांश ग्रामीण सडक क्षतिग्रस्त

खोटाङका अधिकांश ग्रामीण सडक क्षतिग्रस्त

खोटाङ । अविरल वर्षाका कारण जिल्लाका अधिकांश ग्रामीण सडकहरु क्षतिग्रस्त बनेका छन् । भलबाढी र पहिरोका कारण ती सडक अवरुद्ध बनेका छन् । सडक अवरुद्ध भएपछि जिल्लाका स्थानीय तहहरु राष्ट्रिय सडक सञ्जालबाट विच्छेद भएका छन् । बराहापोखरी, जन्तेढुङ्गा र खोटेहाङ गाउँपालिकाको कच्ची सडक हिलाम्य भएपछि सञ्चालन हुन सकेको छैन । केपिलासगढी र ऐसेलुखर्क गाउँपालिकालगायतका ग्रामीण क्षेत्रमा पनि बाटो हिलाम्य हुँदा याता...
कोशीमा ३४.४ प्रतिशत धान रोपाइँ, देशभर ३८.६

कोशीमा ३४.४ प्रतिशत धान रोपाइँ, देशभर ३८.६

विराटनगर । देशभर १३ लाख ९८ हजारमध्ये ५ लाख ३९ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । कृषि विभागका अनुसार यसवर्ष देशभर १३ लाख ९८ हजार २७३ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएको छ । असार तेस्रो सातासम्म देशभरि ५ लाख ३९ हजार ७६६ हेक्टर (३८.६ प्रतिशत) रोपाइँ सम्पन्न भएको विभागले जनाएको छ । कोशी प्रदेशमा २ लाख ७६ हजार ३८६ हेक्टरमा रोपाइँ हुने अनुमान गरिएको छ । त्यसमध्ये हालसम्म ९५...
कोशी नदीमा दाउरा संकलन गरिरहेका बालक डुबेर बेपत्ता

कोशी नदीमा दाउरा संकलन गरिरहेका बालक डुबेर बेपत्ता

सुनसरी । निरन्तर बर्षापछि जलसतह बढेको कोशी नदीमा डुबेर एकजना बालक बेपत्ता भएका छन् । बाढीसँगै बगेर आएका रुखका ठुठा संकलन गरिरहेका भारतीय बालक बगेर बेपत्ता भएका हुन् । बाढीमा बगेर आएका काठ, दाउरा संकलन गर्ने क्रममा कोशी ब्यारेजस्थित नदीमा उनी बगेको प्रहरीले जनाएको छ । बेपत्ता हुनेमा भारतीय बालक १६ वर्षीय रुपेश सदा छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । कोशी ब्यारेजमा हरेक वर्ष वर्षा याममा ...
काँकडभिट्टाबाट बाग्लुङ गइरहेको बस दुर्घटना

काँकडभिट्टाबाट बाग्लुङ गइरहेको बस दुर्घटना

झापा । काँकडभिट्टाबाट यात्री लिएर बाग्लुङतर्फ गइरहेको बस चितवनमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् । प्र१–०१–००१ ख ४३८० नम्बरको बस चितवनको खैरहनीमा दुर्घटना भएको हो । पूर्व–पश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिका–८ स्थित सडकको कल्भर्टमा ठोक्किएर बस दुर्घटना भएको प्रहरीले जनाएको छ । ५ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ । अन्य ५ जनाको बकुलहर अस्पताल टाँडीमा उपचार भइरहेको जिल्ला प...
पहिरो खस्दा ताप्लेजुङमा घर र गाडी क्षतिग्रस्त

पहिरो खस्दा ताप्लेजुङमा घर र गाडी क्षतिग्रस्त

ताप्लेजुङ । सदरमुकाम फुङ्लिङ नगरपालिकामा पहिरोले एउटा घर र गाडीमा क्षति गरेको छ । फुङ्लिङ नगरपालिका–६ बिहिवारे टोलका टासी तेन्जिङ शेर्पाको चारतले पक्की घर र सडकमा रोकी राखेको गाडीमा पहिरोले क्षति पुर्याएको हो । पहिरोले शेर्पाको घरको भुइँतलामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक कमलकुमार लुङगेलीले जानकारी दिए । घरको पर्खाललगायत संरचनामा क्षति पुगेको हो ।...
१ अर्ब २६ करोडभन्दा बढीको कुचो निर्यात

१ अर्ब २६ करोडभन्दा बढीको कुचो निर्यात

विराटनगर । चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म १ अर्ब २६ करोड १२ लाख रुपैयाँ बराबरको अम्रिसो (कुचो) निर्यात भएको छ । अघिल्लो आर्थिक वर्षको भन्दा यसपटक बढी निकासी भएको जनाइएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष सोही अवधिमा ९४ करोड ९१ लाख ९७ हजार रुपैयाँ बराबरको कुचो भारत निकासी भएको थियो । नेपालमा उत्पादन हुने कुचोमध्ये ७४ प्रतिशत भारत र १ प्रतिशत बंगलादेश निर्यात हुने गरेको छ । २५ प्रतिशत...
रोजगारीको लोभ देखाएर विराटनगरमा युवतीहरुलाई ‘यौन धन्दा’ मा लगाउने पक्राउ

रोजगारीको लोभ देखाएर विराटनगरमा युवतीहरुलाई ‘यौन धन्दा’ मा लगाउने पक्राउ

विराटनगर । विराटनगरमा युवतीहरूलाई ‘यौन धन्दा’ मा लगाउने गरिएको पाइएको छ । रोजगारीमा लगाइदिने भन्दै युवतीहरुलाई ल्याएर त्यस्तो काममा लगाउने गरिएको पाइएको हो । विभिन्न जिल्लाका युवतीहरुलाई विराटनगर ल्याएर यौन धन्दामा लगाइएको खुलेको हो । निगरानी गर्ने क्रममा प्रहरीले विराटनगर–११ स्थित एउटा घरको फ्ल्याट भाडामा लिएर युवतीहरुलाई राखेको भेटेको थियो । त्यसरी राखिएकामा झापाका दुईजना, उदयपुर, स्याङजा, का...
भारतको मेघालयमा मारिनेमध्ये एकजना इलामका

भारतको मेघालयमा मारिनेमध्ये एकजना इलामका

इलाम । भारतको मेघालय राज्यस्थित कोइलाखानीमा हत्या गरिएका चार कामदारमध्ये एक नेपाली भएको पुष्टि भएको छ । मारिनेमा इलामका रवि राई रहेको पुष्टि भएको हो । भारतका लागि नेपाली राजदूत शंकर शर्माका अनुसार हत्या भएका नेपाली इलाम–२ का २३ वर्षीय रवि राई हुन् । राजदूत शर्माले घटनाबारे सुन्नेबित्तिकै मेघालय प्रहरीका प्रमुख एलआर विश्नोईलाई आफूले टेलिफोन गर्दै घटनाको विस्तृत जानकारी मागेको बताएका छन् । यसैबी...
error: Content is protected !!