देशभरका उत्कृष्ट ४० कर्मचारी छानेर पुरस्कृत गर्दा कोशीका परे तीन जना
विराटनगर । कोशी प्रदेशका विभिन्न जिल्लामा कार्यरत तीन जना कर्मचारी निजामती सेवा दिवसको अवसरमा पुरस्कृत भएका छन् । कार्यसम्पादनको आधारमा सरकारले देशभरका ४० कर्मचारी छानेर पुरस्कृत गर्दा कोशी प्रदेशको धनकुटा, सुनसरी र संखुवासभाका एक/एक जना कर्मचारी परेका हुन् ।
निजामती सेवा पुरस्कारबाट शिक्षा विकास तथा समन्वय इकाई धनकुटाका प्रमुख मोहन राई पुरस्कृत भएकी छन् । सङ्खुवासभाको खाँदवारीस्थित नापी कार्या...































