मोटरसाइकल चोरी गरेको आरोपमा झापामा ५ जना पक्राउ
झापा । झापामा मोटरसाइकल चोरी गरेको आरोपमा पाँचजना पक्राउ परेका छन् । चोरी गरिएका तीनवटा मोटरसाइकलसहित कनकाई नगरपालिकाबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा कनकाई नगरपालिका–४ का १८ वर्षीय प्रियंक कँडेल, २१ वर्षीय कृष्ण घिमिरे, १८ वर्षीय नवीन बस्नेत, १५ वर्षीय बालक र कनकाई–३ का १८ वर्षीय सम्रिक चुँडाल छन् ।
कनकाई नगरपालिका–३ र ४ मा चोरीको मोट...






























