संगालोखबर


सुनसरी । सुनसरीको इटहरीमा पहिचान नखुलेको सवारी साधनले मोटरसाइकललाई ठक्कर दिँदा पतिपत्नीको मृत्यु भएको छ । दुर्घटनामा सङ्खुवासभाको धर्मदेवी नगरपालिकाका ३२ वर्षीय युवराज गुरुङ र ३२ वर्षीया टीका गुरुङको मृत्यु भएको हो । 

आज दिउँसो ११ः५० बजे इटहरी-१७ बालग्राममा को ३६ प ५६३७ नम्बरको बुलेट मोटरसाइकललाई पहिचान नखुलेको सवारी साधनले ठक्कर दिएको ट्राफिक ब्यवस्था कार्यालय इटहरीका प्रहरी उपरीक्षक बिनोद घिमिरेले जानकारी दिए । 

Advertisement

गम्भीर घाइते भएका दम्पतीलाई उपचारका लागि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । इनरुवातर्फ जाँदै गरेको सवारीले पकलीबाट इटहरीतर्फ आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको घिमिरेले संगालोखबरलाई जानकारी दिए । 

‘ठक्कर दिने सवारी साधनको पहिचानका लागि सिसि क्यामेरा चेक गर्ने काम भइरहेको छ’, उनले संगालोखबरसँग भने, ‘टिपरले हो या म्याजिक भेन हो । अहिले यकिन गर्न सक्ने अवस्था छैन । सवारी साधनको खोजी तीब्र पारिएको छ ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!