संगालोखबर


विराटनगर । विराटनगर जेसीजको ५२ औं अध्यक्षमा प्रीतेशराज दाहाल निर्वाचित भएका छन् । जेसीजको सचिवालयमा भएको निर्वाचनबाट दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् ।

वरिष्ठ कार्यकारिणी उपाध्यक्षमा कविराज दाहाल, तालिम निर्देशकमा सुभास भण्डारी, कार्यकारिणी उपाध्यक्षमा शिव शंकर मण्डल र अभिषेक भट्टराई निर्वाचित भए । यस्तै उपाध्यक्षमा अनुज दाहाल, मनोज तिवारी, शिवराज पोखरेल, रिजन सिग्देल र जनसम्पर्क अधिकारीमा अभिषेक गौतम निर्वाचित भएका छन् ।

Advertisement

नवनिर्वाचित अध्यक्ष दाहालले नयाँ योजनाका साथ विभिन्न कामहरू गर्ने बताए । विराटनगर जेसिजका वर्तमान अध्यक्ष तुलसी निरौलाले चाँडै नै एक कार्यक्रमको आयोजना गरी पद हस्तान्तरण गरिने जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!