पोखरीमा डुबेर जनकपुरमा दुई बालकको मृत्यु
जनकपुर । धनुषाको जनकपुरधाममा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । घर नजिकैको पोखरीमा नुहाउने क्रममा डुबेर उनीहरुको मृत्यु भएको हो ।
जनकपुरधाम उपमहानगर-२० देवपुरा रुपैठाकाका जयनारायण महतोका छोरा ६ वर्षीय शिवनन्दन महतो र राकेश पासवानको छोरा ६ वर्षीय आदित्य पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार शनिबार घर नजिकैको साहुजी पोखरीमा नुहाउने क्रमम...





























