संगालोखबर


एजेन्सी । अमेरिकी खर्बपति एलन मस्क मानव इतिहासकै धनी व्यक्ति बनेका छन् । फोर्सका अनुसार टेस्ला, स्पेस एक्स, एक्स एआई लगायतका कम्पनीका मालिक रहेका मस्कको सम्पत्ति तीन सय ३४ दशमलव तीन बिलियन अमेरिकी डलर पुगेको छ ।

यो रकम नेपाली रुपैयाँमा दुई सय ८२ खर्ब भन्दा धेरै हुन्छ । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि विजयी भएसँगै एलन मस्कका कम्पनीहरूको सेयर मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।

Advertisement

मस्क ट्रम्पलाई जिताउन रकम सहयोगसहित प्रचारपसारमा खटिएका थिए । ट्रम्पले चुनाव जितेपछिको दुई हप्तामा १७ दिनमै मस्कको सम्पत्ति ७० अर्ब डलरले बढेको फोर्ब्सले जनाएको छ ।

मस्कको सम्पत्ति अहिले दोस्रो स्थानमा रहेका ओरेकल कम्पनीका अध्यक्ष ल्यारी इलिसनकोभन्दा ८० अर्ब डलरले धेरै छ । सन् २०२४ मा धेरै कमाउने व्यक्तिको सूचीमा भने एनभिडियाका सीईओ जेन्सेन हुआङ रहेका फोव्र्सले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!