विराटनगर । सुनसरीको दुहबी घर भएको दम्पती काठमाडौं स्थित सिनामंगलको एक होटलमा मृत भेटिएका छन् । सुनसरी दुहबीका ३४ वर्षीय रमेश माझी र उनकी २९ वर्षीया श्रीमती शर्मिला माझी मृत भेटिएका हुन् ।
काठमाडौं प्रहरीका अनुसार उनीहरू सलको पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । उनीहरू हिजो मात्रै क्यानडाबाट फर्किएको खुलेको छ ।
सन् २०२२ मा क्यानडा गएका उनीहरू दुई वर्षपछि हिजो नेपाल फर्किएको पाइएको प्रहरीले जनाएको छ । उनीहरू हिजो साँझ पौने ७ बजेतिर होटल पुगेका थिए । प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।