संगालोखबर


विराटनगर । कोशी प्रदेशका तीन जिल्लाबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन् । झापा, मोरङ र सुनसरीका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो । लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-६ बाट शिवसताक्षी नगरपालिका-८ का २१ वर्षीय संजय राईलाई पक्राउ गरेको छ ।

उनको साथबाट तीन ग्राम दुई सय ८० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले इलाम चुलाचुलीका २८ वर्षीय उपेन्द्र बान्तवालाई दमक नगरपालिका-८ बाट दुई ग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको छ ।

Advertisement

मोरङको जहदा गाउँपालिका-१ की ५० वर्षीया मिरादेवि बैठालाई घरमा लुकाएर राखेको १५ किलो गाँजासहित इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय चताराले बराहक्षेत्र नगरपालिका-२ बाट ४४ थान ट्रामाडोलसहित उदयपुरको बेलका नगरपालिका-२ का २३ वर्षीय हेमराज न्यौपानेलाई नियन्त्रणमा लिएको छ ।

उनीहरूका सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!