अमेरिकामा टिकटकलाई प्रतिबन्ध लगाउने विधेयक अनुमोदन

अमेरिकामा टिकटकलाई प्रतिबन्ध लगाउने विधेयक अनुमोदन

विराटनगर । अमेरिकी सिनेटले टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउन सक्ने विधेयकलाई अनुमोदन गरेको छ । टिकटकको चिनियाँ मालिक बाइटडान्सलाई आफ्नो हिस्सेदारी बेच्न नौ महिनाको समय दिइएको छ । अब उक्त विधेयक अमेरिकी राष्ट्रपति जो बाइडेनलाई हस्तान्तरण गरिनेछ । उनले यो आफ्नो डेस्कमा पुग्ने बित्तिकै हस्ताक्षर गर्दै यसलाई कानुनका रूपमा लागू गर्ने बताएका छन् । यदि त्यसो भयो भने, बाइटडान्सले जबरजस्ती बिक्री पूरा ...
विराटनगरमा गरियो विज्ञान प्रदर्शनी

विराटनगरमा गरियो विज्ञान प्रदर्शनी

विराटनगर । विराटनगरमा अन्तरविद्यालयस्तरीय विज्ञान प्रदर्शनी आयोजना गरिएको छ । विराटनगर महानगरपालिकाले स्थानीय आदर्श माध्यमिक विद्यालयमा आइतबार एक दिने प्रदर्शनी आयोजना गरेको हो । महानगरका मेयर नागेश कोइरालाले प्रदर्शनी उद्घाटन गरेका छन् । प्रदर्शनी उद्घाटन गर्दै मेयर कोइरालाले विद्यार्थीहरूमा प्रतिस्पर्धी क्षमताको विकाससँगै खोज र अनुसन्धानमा लाग्न प्रदर्शनीले थप प्रेरणा मिल्ने धारणा राखे । म...
नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । नेपालमा सामाजिक सञ्जाल टिकटक बन्द हुने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको हो । टिकटकका माध्यमबाट सामाजिक सद्भाव बिगार्ने काम भएकाले बन्द गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । मन्त्री शर्माका अनुसार यो निर्णय तत्काल कार्यान्वयन हुनेछ, बन्द गर्नका लागि कुनै डेडलाइन तोकिएको छैन । अब, प्राव...
रद्द भयो नेपालको स्याटेलाइट राख्ने प्रक्रिया

रद्द भयो नेपालको स्याटेलाइट राख्ने प्रक्रिया

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालको आफ्नै भूउपग्रह (स्याटेलाइट) राख्ने प्रक्रिया रद्द गरेको छ । प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै नयाँ प्रक्रिया अघि बढाउने गरी पुरानो प्रस्ताव रद्द गरिएको जनाएको हो । स्याटेलाइट राख्न माग गरिएका कम्पनीहरुमध्ये छनोटमा परेका कुनै पनि कम्पनीले ‘रेस्पोन्स’ नगरेपछि खारेज भएको प्राधिरकणले जनाएको छ । प्राधिकरणले सार्वजनिक खरिद ऐन, २०६३ अनुसार सबै प्रस्...
साढे दुई करोड नेपाली इन्टरनेटको पहुँचमा

साढे दुई करोड नेपाली इन्टरनेटको पहुँचमा

काठमाडौं । नेपालमा साढे दुई करोड जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवाको पहुँच पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष (२०७७/७८) को आठ महिना (गत साउनदेखि फागुन मसान्तसम्म) को तथ्याङ्कअनुसार नेपालमा दुई करोड ६३ लाख ५६ हजारभन्दा बढी जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवा पुगेको हो । प्राधिकरणको तथ्याङ्कअनुसार गत माघको तुलनामा फागुनमा नौ लाख ३६ हजारभन्दा बढी प्रयोगकर्ता थपिए...
जतिको रिचार्ज गर्यो उतिनै बोनस पाइने

जतिको रिचार्ज गर्यो उतिनै बोनस पाइने

काठमाडौँ । कोरोना भाइरसका कारण गरिएको लकडाउनलाई लक्षित गरी नेपाल टेलिकमले रिचार्जमा सत प्रतिशत बोनस दिने योजना ल्याएको छ । टेलिकमले बुधबार विज्ञप्ती जारी गर्दै बिहीबारदेखि बोनस योजना लागू हुने जनाएको छ । कोरोना भाइरसको संक्रमणका कारण उपभोक्ताहरु घरमा बसेको भन्दै दूरसञ्चार प्राधिकरणले मंगलबार टेलिकम कम्पनीलाई यस्तो अफर ल्याउन निर्देशन दिएको थियो । सोहि निर्देशनलाई पालना गर्दै टेलिकमले उपभोक्ताला...
इटहरीमा नि:शुल्क राेबाेटिक तालिम

इटहरीमा नि:शुल्क राेबाेटिक तालिम

इटहरी । इटहरीमा तीन दिने नि:शुल्क राेबाेटिक तालिम सुरू भएकाे छ । क्यान सुनसरीकाे आयोजना तथा टिम फ्यूजन इटहरीकाे सहकार्यमा इटहरी स्थित काेशी सेन्ट जेम्स कलेजमा कार्यक्रम सुरू भएकाे हाे । तालिममा १५ बिद्यालय तथा कलेजका ५० जना सहभागि छन् । कार्यक्रमकाे उद्घाटन गर्दै क्यान प्रदेश १ का अध्यक्ष भबकृष्ण तिम्सिनाले अब राेबटिक युग भएकाे र यसकाे राम्राे सम्भाबना रहेकाे बताए । उद्घाटन कायर्यक्रममा बाेल्दै...
टेलिकमको नयाँ अफर : २० रुपैयाँमा ७० मिनेट कुराकानी

टेलिकमको नयाँ अफर : २० रुपैयाँमा ७० मिनेट कुराकानी

काठमाडाैं । नेपाल टेलिकमले २० रुपैयाँमा ७० मिनेट कुराकानी गर्ने अफर ल्याएको छ। आफन्त र साथीभाइहरुको साथमा रमाउनका लागि भन्दै टेलिकमले आफ्ना ग्राहकहरुका लागि नयाँ अफर ल्याएको हो। यस अघि टेलिकमले २ दर्जनभन्दा बढी अफर ल्याइसकेको छ। अनलिमिटेड वान आवर प्याक दिइएको यस अफरमा २० रुपैयाँले ७० मिनेट कुराकानी गर्न सकिने, इन्टरनेट चलाउन वा अनलिमिटेड म्यासेज पठाउन पनि सकिने टेलिकमले जनाएको छ। यो सेवा प्रयो...
नेपाली स्याटलाइटले थाल्यो पृथ्वीको परिक्रमा

नेपाली स्याटलाइटले थाल्यो पृथ्वीको परिक्रमा

काठमाण्डौं । नेपालको राष्ट्रिय झन्डा अंकित नानो स्याटेलाइट पृथ्वीको कक्षमा घुम्न सुरु गरेको छ । यसअघि वैशाख ५ गते अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रमा पुर्याइएको उक्त स्याटेलाइट सोमबार दिउँसो ४ बजेर १९ मिनेटमा रिलिज हुँदै पृथ्वीमा परिक्रमा गरेको हो । जापानस्थित क्युटेको विश्वविद्यालयले नेपालका लागि उक्त भू–उपग्रह गत वैशाख ४ गते प्रक्षेपण गरेको थियो । डेढ महीनाअघिबाट अन्तरराष्ट्रिय अन्तरीक्ष कक्ष...
कसरी मापन गरिन्छ भूकम्प ?

कसरी मापन गरिन्छ भूकम्प ?

काठमाडौं, १२ बैशाख। बुधबार बिहानको भुइँचालोलगत्तै राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रमा तारन्तार फोनको घन्टी बज्न थाल्यो। आधा घन्टामै झन्डै ५० देखि ६० कल। केन्द्रमै रहेका भूकम्पविद् चिन्तन तिम्सिनालाई फोन उठाउन भ्याइनभ्याइ भयो। अधिकांशको एउटै जिज्ञासा थियो- कति रेक्टर स्केल? कहाँ केन्द्रविन्दु? चिनेजानेका र आफन्तले मोबाइलमै फोन गरेर पनि चिन्तनलाई हैरान पारे। यसरी भुइँचालो आउनासाथ फोन गर...
नेपालीसहितको बैज्ञानिक टोलीले पत्ता लगायो नयाँ ग्रह

नेपालीसहितको बैज्ञानिक टोलीले पत्ता लगायो नयाँ ग्रह

काठमाडौँ, १० बैशाख। वैज्ञानिकहरूले ‘केप्लर–४७ डी’ नाम दिइएको नयाँ ग्रह पत्ता लगाएका छन् । यो पृथ्वीभन्दा करिब ३ हजार प्रकाश वर्ष टाढा छ । यो ग्रहले दुइटा सूर्यको वरिपरिसमेत घुम्ने गरेको छ । नयाँ ग्रहको खोजी नेसनल एरोनोटिक्स एन्ड स्पेस एड्मिनिस्ट्रेसन (नासा), सान डीएगो युनिभर्सिटी, युनिभर्सिटी अफ टेक्सास, अर्लिङटन, युनिभर्सिटी अफ हवाईलगायतका वैज्ञानिकहरूले गरेका हुन् । यो खोजीबारेको अध्ययनपत्र ग...
अन्तरीक्षमा यसरी गरियो नेपालको पहिलो भू–उपग्रह प्रक्षेपण (भिडियोसहित)

अन्तरीक्षमा यसरी गरियो नेपालको पहिलो भू–उपग्रह प्रक्षेपण (भिडियोसहित)

काठमाण्डौं, ५ बैशाख । अमेरिकाको भर्जिनियाबाट नेपालको पहिलो भू–उपग्रह (नानो स्याटेलाइट) अन्तरीक्षमा प्रक्षेपण गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा पतिष्ठान (नास्ट) र जापानको क्युसु इस्टिच्युट अफ टेक्नोलोजी (क्युटेक)को सहकार्यमा जापानमा अध्ययनरत नेपाली विद्यार्थीद्वारा निर्मित ‘नेपाली स्याट् १’ नेपाली समय अनुसार बिहिबार बिहान २ः३१ मा प्रक्षेपण गरिएको हो । अमेरिकी अन्तरीक्ष कम्पनी अर्बिटल...
टेलिकमको नयाँ वर्ष अफर : दुई सय रुपैयाँमा ३ जीबी डाटा, दुई सय मिनेट कल

टेलिकमको नयाँ वर्ष अफर : दुई सय रुपैयाँमा ३ जीबी डाटा, दुई सय मिनेट कल

काठमाडौं, २९ चैत। नेपाल टेलिकमले नयाँ वर्षको अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ । टेलिकमले ग्राहकहरुको सुविधाका लागि ‘नयाँ वर्ष अफर २०७६’ सार्वजनिक गरेको हो । यो अफरमा टेलिकमका ग्राहकलाई २ सय रुपैयाँमा प्याक उपलब्ध गराइनेछ । सो प्याकमार्फत ३ जीबी डाटा चलाउन तथा कम्पनीकै नेटवर्क भित्र २ सय मिनेट भ्वाइस कल गर्न र २ सय वटा एसएमएस पठाउन सकिने छ । उक्त प्याकको अवधि खरिद गरेपश्चात् ५ दिनसम्म रहने छ ।...
ट्वीटरका सीईओको तलब वार्षिक डेढ डलर मात्र !

ट्वीटरका सीईओको तलब वार्षिक डेढ डलर मात्र !

  माइक्रो ब्लगिङ साइट ट्वीटरका सीईओ ज्याक डोर्सीले सन् २०१८ मा कम्पनीबाट यति कम तलब बुझे कि जो कोहीलाई पत्याउन गाह्रो हुन्छ । हुन त उनले सन् २०१५ मा दोस्रोपटक सीईओ बनेसँगै ट्वीटरबाट कुनै तलब सुविधा लिएका थिएनन् । तर सन् २०१८ मा उनले ट्वीटरबाट कूल १ डलर ४० सेन्ट तलब बुझेका छन् । पछिल्लो चार वर्षमा उनले तलब लिएको यो पहिलोपटक हो । ट्वीटरले अमेरिकाको सेक्योरिटिज एण्ड एक्सचेन्ज कमिसनलाई ...
जिमेलमा थपियो ‘स्मार्ट कम्पोज र रिप्लाई’ फिचर

जिमेलमा थपियो ‘स्मार्ट कम्पोज र रिप्लाई’ फिचर

एजेन्सी । गुगलले पछिल्ला केही महिनायता जिमेल प्रयोगकर्ताका लागि विभिन्न नयाँ-नयाँ फिचरहरु थप गरिरहेको छ भने नयाँ अपडेटसँगै जिमेलमा नयाँ डिजाइन तथा टुल्ससमेत ल्याइरहेको छ । पछिल्लोपटक जिमेलमा नयाँ स्मार्ट फिचर थप भएको छ । उक्त फिचरले जिमेल कम्पोज गर्ने कामलाई अझै सजिलो तथा छिटो बनाउनेछ । जिमेलको यो फिचर आर्टिफिसियल इन्टेलिजेन्सयुक्त छ । यसले प्रयोगकर्ताको इमेललाई विश्लेषण गरी उसले टाइप गर्ने सम...
अप्रिल ३० बाट केही स्मार्टफोनहरुमा फेसबुक, इन्स्टाग्राम र म्यासेन्जर  बन्द हुनेछ !

अप्रिल ३० बाट केही स्मार्टफोनहरुमा फेसबुक, इन्स्टाग्राम र म्यासेन्जर बन्द हुनेछ !

काठमाडौं/एजेन्सी । अप्रिल ३० बाट केही स्मार्टफोनहरुमा फेसबुक, इन्स्टाग्राम र म्यासेन्जर लगाएतका सोसल साइटको सपोर्ट बन्द गरिने बताइएको छ । माइक्रोसफ्टले विन्डोज फोन  को लागि फेसबुक बन्द गर्ने तयारी गरिरहेको छ । यदि तपाईसँग पनि विन्डोज फोन  छ भने सोसल मिडियाको सपोर्ट पाउनुहुनेछैन । तर विन्डोज फोन युजर्सहरुले सोसल मिडियाको एक्सेस पाउनका लागि थर्ड पार्टी एप या वेबको साहारा लिनुपर्नेछ । अहिले आएर वि...
दक्षिण कोरियाले ल्यायो फाइब–जी दूरसञ्चार सेवा

दक्षिण कोरियाले ल्यायो फाइब–जी दूरसञ्चार सेवा

सियोल, २० चैत । दक्षिण कोरियाले विश्वमै पहिलो पूर्ण–विकसित पाँचौं पुस्ता (पाँचौं पुस्ता) को मोबाइल नेटवर्क विकास गरेको जनाएको छ । तीव्र गतिको यस प्रविधिले मोबाइलबाट डाटा ट्रान्सफरमा अभूतपूर्व फड्को मार्नेछ । पाँचौं पुस्ताको ताररहीत यस प्रविधिले मोबाइलमा कुराकानी मात्र होइन पाउरोटी सेकाउने टोस्टर मेसिनदेखि टेलिफोन, विद्युतीय कारदेखि विद्युत प्रसारण लाइनसम्मको व्यवस्थापनमा सघाउनेछ ।तर दक्षिण कोरि...
गुगल प्लस मङ्गलवार बिहानदेखि बन्द

गुगल प्लस मङ्गलवार बिहानदेखि बन्द

संसारको दोस्रो सबैभन्दा मूल्यवान ब्रान्डको असफल सामाजिक सञ्जाल गुगल प्लस मङ्गलवार बिहानदेखि बन्द गरिएको छ। सन् २०११ मा फेसबुक र ट्विटरलाई चुनौती दिन खोलिएको यो सर्च इञ्जिन गुगलको सामाजिक सञ्जालमा हात हाल्ने चौथो प्रयास थियो। तर गुगल प्लसलाई भिडिओका लागि चर्चित युट्युबमा जोड्ने प्रयास गरिए पनि प्रयोगकर्ताले यसलाई रुचाएनन्। सन् २०११ को अन्त्यतिरै यसका आलोचकहरूले यसको 'मृत्यु'को घोषणा गरिसकेका थि...
१७ मिनेटमै स्मार्टफोन फुुल चार्ज  हुने शाओमीको चमत्कारिक चार्जर

१७ मिनेटमै स्मार्टफोन फुुल चार्ज हुने शाओमीको चमत्कारिक चार्जर

एजेन्सी । चिनियाँ कम्पनी शाओमीले निरन्तर नयाँ प्रविधि तथा डिभाइस ल्याइरहेको छ । पछिल्लोपटक शाओमीले एउटा विशेष प्रविधि सार्वजनिक गरेको छ, जसबाट तपाइँ आफ्नो स्मार्टफोन केवल १७ मिनेटमै फुल चार्ज गर्न सक्नुहुनेछ । शाओमीले आफ्नो १०० वाट सुपर चार्ज टर्बो फास्ट चार्जिङ्ग टेक्नोलोजीको घोषणा गरेको हो । कम्पनीका अनुसार यो चार्जरबाट ४ हजार मिलिएम्पियर आवर ब्याट्रीको स्मार्टफोन पूरा चार्ज हुनेछ । स्मरण र...
माइक्रोसफ्टले बन्द गर्दै विण्डो–७

माइक्रोसफ्टले बन्द गर्दै विण्डो–७

एजेन्सी । माइक्रोसफ्टले उसको लोकप्रिय अपरेटिङ सिस्टम विण्डो–७ बन्द गर्न लागेको छ । यस सम्बन्धमा कम्पनीले पछिल्लो समय विण्डो–७ इन्स्टल भएका उपकरणहरुमा नोटिफिकेशन पठाउन सुरु गरेको छ । नोटिफिकेसनमा कम्पनीले भावी दिनमा विण्डो–७ सेवा प्रदान नगर्ने बताएको छ । माइक्रोसफ्ट कम्पनी प्रयोगकर्ताहरु अपरेटिङ सिस्टमको रुपमा विण्डो–७ लाई विण्डा–१० मा अपग्रेड गरुन् भन्ने चाहन्छ । तथापि नोटिफिकेसनमा विण्डो–१० को...
ड्राइभरबिना गुड्ने बस

ड्राइभरबिना गुड्ने बस

नयाँ प्रविधिको प्रभाव अटोमोबाइल क्षेत्रमा पनि देखिएको छ। यसको ताजा उदाहरण अटोनोमस बस (ड्राइभरबिना नै सञ्चालनमा आउने) पनि हो। बसहरू सबै राम्रो मौसम र सडकमा मात्र चलाउन सकिन्छ। खराब मौसममा चलाउन सकिँदैन। तर, नयाँ रोबोट बसलाई भारी वर्षात र हिमपातमा पनि चलाउन सकिन्छ। गाचा नाम दिइएको यो अटोनोमस बस पछिल्लो साता फिनल्यान्डमा सार्वजनिक गरिएको थियो। यसको प्रविधि फिनल्यान्डको अटोनोमस ड्राइभिङ कम्पनी सेन्...
जर्मनीद्वारा फाइभ–जी नेटवर्कको फ्रिक्वेन्सी लिलामी

जर्मनीद्वारा फाइभ–जी नेटवर्कको फ्रिक्वेन्सी लिलामी

बर्लिन, ५ चैत । जर्मनीले अति तीव्र गतिको पाँचौं पुस्ताको दूरसञ्चार नेटवर्क (फाइभ–जी) को फ्रिक्वेन्सी लिलामीमा राखेको जनाएको छ । सरकारी अधिकारीहरुले उक्त फ्रिक्वेन्सी खरिदमा राखेका शर्तहरु तथा चीनको हुवावे कम्पनीले उपकरण आपूर्ति गर्न पाउने वा नपाउने भन्ने बारेमा स्पष्ट नपारेको भन्दै कम्पनीहरुले विवाद खडा गरेका छन् । मङ्गलबार शुरु भएको फ्रिक्वेन्सी लिलामी केही हप्तासम्म खुला रहने छ र यसबाट ३ देख...
समयमै अनलाइन सञ्चारमाध्यम नवीकरण गर्न आग्रह

समयमै अनलाइन सञ्चारमाध्यम नवीकरण गर्न आग्रह

काठमाडौँ, ३० फागुन । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागले समयभित्रै अनलाइन सञ्चारमाध्यम नवीकरण गर्न आग्रह गरेको छ । विभागले विज्ञप्ति जारी गरी २०७५ साल असार मसान्तसम्म दर्ता भई प्रमाणपत्र लिएका अनलाइन सञ्चारमाध्यमले २०७५ पुस मसान्तभित्र नवीकरण गर्न छुट भएका अनलाइन सञ्चारमाध्यमलाई २०७५ चैत मसान्तभित्र नवीकरण गर्न आग्रह गरेको हो । अनलाइन सञ्चारमाध्यम सञ्चालन (पहिलो संशोध...
सबैभन्दा पहिलो वेबपेजको अनुहार र काम यस्तो थियो

सबैभन्दा पहिलो वेबपेजको अनुहार र काम यस्तो थियो

बीबीसी । के तपाईँलाई इन्टरनेटको सबैभन्दा पहिलो वेबपेज हेर्ने कुराले उत्साहित बनाउँछ? बनाउँछ भने थाहा पाइरहनुहोस्, त्यो रमाइलो खालको अनुभव हुनसक्छ। त्यो वेब पेज रङ्गिन थिएन, त्यसमा तस्वीर वा भिडिओ थिएन, त्यसमा खालि अक्षर र लिङ्क थियो। अनि थिए केही झुक्किनेखालका मेनु। तर त्यहि सानो प्रयासबाट आज डब्ल्युडब्ल्युडब्ल्युले ठूलो फड्को मारेको छ। विकिपिडिया, फेसबुक, गुगल र अनगिन्ती अन्य इन्टरनेटका पानाह...
ई–पाटी ल्यापटप कार्यक्रमप्रति शिक्षक र विद्यार्थीको बढ्दो आकर्षण

ई–पाटी ल्यापटप कार्यक्रमप्रति शिक्षक र विद्यार्थीको बढ्दो आकर्षण

दार्चुला, २८ फागुन । साझा शिक्षा ई–पाटी ल्यापटप कार्यक्रम सञ्चालन भएपछि शिक्षक विद्यार्थीको आकर्षण बढेको छ । गत भदौ अन्तिम सातादेखि जिल्लाका एक नगरपालिका र चार गाउँपालिकाका १५ वटा विद्यालयमा नमूनाका रुपमा ई–पाटी ल्यापटप वितरण भएपछि शिक्षण क्रियाकलापमा शिक्षक विद्यार्थी दुबैको आकर्षण बढेको हो । “र्ई–पाटी ल्यापटपमार्फत शिक्षण शुरु भएपछि विद्यार्थीको पढाइप्रति रुचि बढेको छ”, मार्मा गाउँपालिकास्थि...
वल्र्डलिङ्कले १० हजार स्थानमा  निःशुल्क इन्टरनेट सेवा दिने

वल्र्डलिङ्कले १० हजार स्थानमा निःशुल्क इन्टरनेट सेवा दिने

काठमाडौँ, २७ फागुन । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिङ्कले एक वर्षभित्रमा मुलुकका १० हजार स्थानमा निःशुल्क इन्टरनेट सेवा विस्तार गर्ने भएको छ । कम्पनीको सामाजिक उत्तरदायित्वअनुसार आगामी एक वर्षभित्र देशभरिका १० हजार स्थानमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने वल्र्डलिङ्कका प्रमुख कार्यकारी निर्देशक केशव नेपालले जानकारी गराउनुभयो । वल्र्डलिङ्कले अहिले तीन हजार ठाउँमा निःशुल्क इन्टरनेट उपलब्ध गर...
‘डिजिटल नेपाल’ अभियानलाई तीव्रता दिइने

‘डिजिटल नेपाल’ अभियानलाई तीव्रता दिइने

काठमाडौँ, २३ फागुन । एकद्वार प्रणालीबाट छिटो र छरितो ढङ्गबाट काम सम्पन्न गर्नका लागि नेपाललाई जतिसक्दो चाँडो ‘डिजिटल नेपाल’ को रुपमा विकास गर्न प्राविधिकहरुले सुझाव दिएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा यहाँ आज आयोजित ‘नेपाल सरकारको डिजिटल नेपाल परिकल्पना’ विषयक अन्तक्र्रियामा विश्व बैंकका प्रतिनिधिले नेपालमा सुशासन कायम गर्नका लागि पनि पूर्णरुपमा डिजिटलमैत्री नेपाल बनाउनुपर्नेमा...
फेसबुकले प्रयोगकर्ताका विवरणहरु अब लामो समयसम्म नराख्ने

फेसबुकले प्रयोगकर्ताका विवरणहरु अब लामो समयसम्म नराख्ने

एजेन्सी । फेसबुकका संस्थापक मार्क जुकरबर्गले फेसबुकले प्रयोगकर्ताका विवरणहरु दुरुपयोग गरेको बताएका छन् । उनले एउटा ब्लग लेख्दै पछिल्लो समय फेसबुकका धेरै प्रयोगकर्ताहरुको विवरणहरु दुरुपयोग भएका जनाएका हुन् । उनले आफ्नो सामाजिक सञ्जाललाई गोपनियतामा उच्च ध्यान दिने मञ्चू बनाउन चाहेको समेत बताएका छन्। जुकरबर्गका अनुसार फेसबुकले प्रयोगकर्ताका विवरणहरु अब लामो समयसम्म राख्ने छैन । यस्तो विवरणको भण्डा...
वैशाख ४ मा भूउपग्रह प्रक्षेपण गरिने

वैशाख ४ मा भूउपग्रह प्रक्षेपण गरिने

ललितपुर, २० फागुन । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट)ले आउँदो बैशाख ४ गते भूउपग्रह प्रक्षेपण गर्ने भएको छ । जापानको क्यूटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक निर्माण गरेको नेपालीस्याट–१ नामक भूउपग्रह प्रक्षेपण गरिन लागिएको हो । यही फागुन ३ गते विश्वविद्यालयले पत्रकार सम्मेलन गरी बैशाखमा प्रक्षेपणको तयारी भने पनि गते निश्चित गरिएको थिएन् । “करिव ४०० किलोमिटरमाथि आकाशबाट भू...
फेसबुक र ट्वीइटर बन्द नगरिएको मन्त्रालयद्वारा स्पष्ट

फेसबुक र ट्वीइटर बन्द नगरिएको मन्त्रालयद्वारा स्पष्ट

काठमाडौँ, १९ फागुन । सामाजिक सञ्जाल फेसबुक र ट्वीइटर बन्द गर्नेसम्बन्धी कुनै सूचना प्रकाशित नभएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । मन्त्रालयका सह–सचिव एवं प्रवक्ता ऋषिराम तिवारीले आज एक विज्ञप्ति जारी गरी मन्त्रालय, सूचना विभागको नाम राखी फेसबुक र ट्वीइटरजस्ता सामाजिक सञ्जाल पूर्णरुपमा बन्द गरिनेजस्ता भ्रामक सूचना फेसबुकलगायतका सामाजिक सञ्जाल प्रयोगकर्ताबाट पोष्ट गरी टिप्पणीसमेत ...
प्रविधिमैत्री बन्दै स्थानीय सरकार

प्रविधिमैत्री बन्दै स्थानीय सरकार

बाँके, १९ फागुन । बाँकेका स्थानीय सरकारहरुले मोबाइल एप्समार्फत सेवा दिन थालेपछि सेवाग्राहीहरु अब सहज र शीघ्र काम सम्पन्न हुनेमा आशावादी देखिएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले मोबाइल एप्समार्फत खुला स्थानीय सरकारको अवधारणा अनुसार मोबाइल एप्स सञ्चालनमा ल्याएको हो । सेवाग्राहीले सञ्चालनमा आएको उक्त एप्लिकेशन डाउनलोड गरेर उपमहानगरका योजना, बजेट र कार्यक्रमबारे मोबाइलमै हेरेर जानकारी लिन थालेका छन...
error: Content is protected !!