भोजपुरमा विद्युत सर्ट भएर घरमा आगलागी

भोजपुरमा विद्युत सर्ट भएर घरमा आगलागी
विराटनगर । भोजपुर नगरपालिका–८ पोखरेका भारत कार्कीको घरमा आगलागी भएको छ । विद्युत सर्ट भएर आज बिहान कार्कीको घरमा आगो लागेको हो । आगलागीबाट घर जलेर नष्ट भएको छ । घरभित्र रहेका सामान, लत्ताकपडा लगायत पनि जलेर नष्ट भएका छन् । घरसँगै रहेको कुखुरा फर्ममा पनि आगोले क्षति पुर्याएको छ । फर्ममा रहेका करिब १५० कुखुरा जलेका छन् । बिहान ८ बजेबाट लागेको आगो करिब दुई घण्टापछि नियन्त्रणमा आएको स्थानीय ...

खानेपानीको समस्या बुझ्न देश दौडाहामा मन्त्री राई

खानेपानीको समस्या बुझ्न देश दौडाहामा मन्त्री राई
विराटनगर । खानेपानीका लागि जनताले भोगिरहेको समस्या बुझेर समाधान खोज्नका लागि खानेपानी मन्त्री राजेन्द्र राई अहिले देश दौडाहामा छन् । जनताका समस्यालाई नजिकबाट प्रत्यक्ष नियालेर समाधानको खोजी गर्न मन्त्री राई जिल्ला–जिल्ला पुगिरहेका छन् । चालु आर्थिक वर्ष सकिन लागेकाले अहिले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट निर्माणको क्रम चलिरहेको छ । बिभिन्न जिल्लावासीले भोगिरहेका खानेपानी समस्याको जटिलतालाई प...

संखुवासभामा ट्याक्टर पल्टिँदा चालकको मृत्यु

संखुवासभामा ट्याक्टर पल्टिँदा चालकको मृत्यु
संखुवासभा । संखुवासभाको छ्याङकुटीमा ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ । चिचिलाबाट खाँदबारी आउँदै गरेको प्र. १–०२–००३ त १८८३ नम्बरको ट्याक्टर छ्याङकुटी डाँडामा दुर्घटना भएको हो । दुर्घटनामा परी ट्याक्टर चालक चिचिला–२ का दावा शेर्पाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । चिचिला २ घर भएका सहचालक लाक्पा रिञ्जिन शेर्पा घाईते भएका छन् ।

झापाका १३ वटा सहकारीमा चोरी गर्ने ६ युवा इटहरीबाट पक्राउ

झापाका १३ वटा सहकारीमा चोरी गर्ने ६ युवा इटहरीबाट पक्राउ
विराटनगर । झापाका सहकारीहरूमा चोरी गर्ने छ जना युवा इटहरीबाट पक्राउ परेका छन् । झापाका बिभिन्न स्थानमा रहेका सहकारीमा योजनावद्ध रुपमा चोरी गर्दै आएका युवाहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुर इन्द्रसरोवर गाउँपालिका-५ का ३० वर्षीय सोमलाल स्याङ्तान, सुनिल भनिने २१ वर्षीय सन्तबहादुर स्याङ्तान, २२ वर्षीय सुनिल स्याङ्तान, २५ वर्षीय बुद्ध स्याङ्तान, २६ वर्षीय सुजन स्याङ्तान र मकवा...

माइक्रोबस दुर्घटना अपडेटः धनकुटा र धरानमा २० घाइतेको उपचार हुँदै (नामावलीसहित)

माइक्रोबस दुर्घटना अपडेटः धनकुटा र धरानमा २० घाइतेको उपचार हुँदै (नामावलीसहित)
धनकुटा । धनकुटा नगरपालिका-९ च्याङच्याङवारीस्थित कोशी राजमार्गमा गएराती माइक्रोबस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । धनकुटा जिल्ला अस्पताल र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा घाइतेहरूको उपचार भइरहेको छ । माइक्रोमा चालकसहित २१ जना यात्रु सवार थिए । जसमध्ये एक बाहेक सबै घाइते भएको प्रहरीले जनाएको छ । काठमाडौंबाट संखुवासभाको खाँदबारीका लागि छुटेको बा.५ ख ७२४ नम्बरको माइक्रोब...

धनकुटामा माइक्रोबस दुर्घटना

धनकुटामा माइक्रोबस दुर्घटना
धनकुटा । धनकुटाको मूलघाट नजिक गएराती माइक्रोबस दुर्घटना हुँदा कम्तिमा १८ जना यात्रु घाइते भएका छन् । काठमाडौंबाट सङ्खुवासभा जाँदै गरेको बा.५ ख ७२४ नम्बरको माइक्रोबस राती करिब २ बजे च्याङच्याङवारीमा दुर्घटना भएको हो । दुर्घटनामा परी कम्तिमा १८ जना यात्रु घाइते भएको धनकुटाका प्रहरी निरीक्षक अनिलकुमार शाहले जानकारी दिए । ‘घाइतेहरूलाई उद्धार गरेर उपचारका लागि पठाइएको छ, गाडीमा सवार अधिकांश यात्रु घ...

विराटनगरमा सुरु भयो मिल्स गोल्डकप

विराटनगरमा सुरु भयो मिल्स गोल्डकप
विराटनगर । विराटनगरमा शुक्रबारबाट चौथो संस्करणको मिल्स गोल्डकप सुरु भएको छ । विराटनगर जुट मिलको खेलमैदानमा भएको उद्घाटन खेलमा विजयी हुँदै सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरी सेमिफाइनलमा प्रवेश गरेको छ । महोत्तरीको नगर खेलकुद विकास समिति वर्दिवासलाई ४–१ गोलले हराउँदै एपीएफ सेमिफाइनमा पुगेको हो । एक पक्षीय खेल पस्किएको एपीएफका हरी कार्कीले खेल सुरुवातको ११ औं मिनेटमा गोल गरेर टिमको खाता खोले । ...

जन्ती बोकेको बस पल्टिँदा तीन जनाको मृत्यु, दुलहासहित ३२ घाइते

जन्ती बोकेको बस पल्टिँदा तीन जनाको मृत्यु, दुलहासहित ३२ घाइते
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा आज बिहान जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुलहासहित ३२ जना घाइते भएका छन् । दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी–४ स्थित पिस्कर जादै गरेको बा ४ ख ५६१६ नम्बरको बस बिहान करिब ७ः३० बजे सिन्धुपाल्चोकको तौथलीमा दुर्घटना भएको हो । दुर्घटनामा परी तीन जना पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरूको पहिचान खुल्न बाँकी छ । घटनामा दुलहा...

विराटनगरमा एकैपटक १५ जोडीले गरे सामूहिक विवाह

विराटनगरमा एकैपटक १५ जोडीले गरे सामूहिक विवाह
विराटनगर । सामान्यतयाः विवाहमा एक जोडी दुलहा-दुलही हुन्छन्, उनीहरूसँगै हुने जन्ती र घरगाउँले पक्षको उपस्थितिले विवाहमा भीडभाड हुन्छ । तर, कोशी प्रदेशको राजधानी विराटनगरस्थित अतिथि सदनमा विहीबार भएको विवाहमा दुलहा–दुलहीकै भीड थियो । त्यहाँ एक जोडी मात्र हैन, एकै पटक १५ जोडीले सामूहिक विवाह गरेका छन् । सामाजिक सेवाको क्षेत्रमा क्रियाशील विराटनगरस्थित माहेश्वरी महिला मञ्चले ३० जना युवा–युवतीको साम...

गैरनाफामूलक बाल अस्पताल बनाउँन सांसद शर्माद्वारा २० लाख सहयोग

गैरनाफामूलक बाल अस्पताल बनाउँन सांसद शर्माद्वारा २० लाख सहयोग
काठमाडौं । गैरनाफामूलक बाल अस्पताल बनाउँन प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले २० लाख आर्थिक सहयोग गरेका छन् । वरिष्ठ मुटु रोग विशेषज्ञ डा.भगवान कोइरालाको अगुवाइमा बन्दै गरेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) लाई डा.शर्माले सहयोग गरेका हुन् । हेपाली हाइटस्थित निर्माणाधीन अस्पतालमा पुगेर सांसद शर्माले बिहीबार डा.कोइरालालाई २० लाखको चेक हस्तान्तरण गरे । राज्यले गर्नुपर्ने काम डा.कोइर...
error: Content is protected !!