नोबेलमा १० बर्षभन्दा बढी समय काम गर्ने ४५ जना नर्सहरु सम्मानित

नोबेलमा १० बर्षभन्दा बढी समय काम गर्ने ४५ जना नर्सहरु सम्मानित

विराटनगर । विराटनगरस्थित नोवेल शिक्षण अस्पतालले १० वर्षभन्दा बढी समय काम गर्ने नर्सहरूलाई सम्मान गरेको छ । अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा कार्यक्रम आयोजना गरेर नोबेलमा लामो समयदेखि कार्यरत ४५ जना नर्सहरूलाई सम्मान गरिएको हो । अस्पतालको सघन उपचार कक्ष, अपरेशन थ्रिएटर, आकस्मिक कक्ष लगायत विभिन्न विभागमा कार्यरत नर्सहरू सम्मानित भएका छन् । गुणस्तरीय तथा प्रभावकारी स्वास्थ्य सेवा प्रवाहमा लामो ...
सुनको मूल्य घट्दा चाँदीको बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्दा चाँदीको बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर । नेपाली बजारमा आज (बुधवार) सुनको भाउ सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।  आज सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेको हो । आज सुन प्रतितोला तीन लाख दुई हजार दुई सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मङ्गलबार सुन प्रतितोला तीन लाख दुई हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले बढेको छ । मङ्गल...
धनकुटाका करवीरले ६६ वर्षको उमेरमा पास गरे एसईई

धनकुटाका करवीरले ६६ वर्षको उमेरमा पास गरे एसईई

धनकुटा । धनकुटाको मुगाका करवीर राईले ६६ वर्षको उमेरमा माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्रिर्ण गरेका छन् । धरानको सगरमाथा डल्फिन कलेजबाट परीक्षा आवेदन फारम भरेका राईले वृद्ध अवस्थामा एसईई उत्तीर्ण गरेका हुन् । नाति नातिनीको उमेर समूहका विद्यार्थीसँगै परीक्षा दिएका करवीरको यो सफलताले शिक्षा हासिल गर्न उमेरले छेक्दैन भन्ने सन्देश पनि दिएको छ । २०४० सालमा एसएलसी परीक्षा दिएको भएपनि तीन विषय लागेर फ...
धरानमा एम्बुलेन्सभित्र भेटियो ४ सय ४० किलो गाँजा

धरानमा एम्बुलेन्सभित्र भेटियो ४ सय ४० किलो गाँजा

सुनसरी । सुनसरीको धरानमा एम्बुलेन्सभित्र ठूलो परिणाममा गाँजा भेटिएको छ । इलाका प्रहरी कार्यालय धरानको टोलीले धरान उपमहानगरपालिका–१३ मा एम्बुलेन्सभित्र राखिएको अवस्थामा ४ सय ४० किलो गाँजा बरामद गरेको हो ।   नियमित चेकजाँचका क्रममा को १ च ७३५९ नम्बरको एम्बुलेन्स जाँच गर्दा प्लास्टिकको बोरामा प्याक गरी राखिएको अवस्थामा गाँजा भेटिएपछि एम्बुलेन्स नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।  प्रहरीका अनु...
एकैदिन ४ हजार ४ सयले बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

एकैदिन ४ हजार ४ सयले बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर । नेपाली बजारमा आज (मंगलबार) सुन–चाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ४ हजार ४ सय रुपैयाँले बढेको हो । आज सुन प्रतितोला ३ लाख २ हजार ९ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार प्रतितोला पाँच हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा पाँच हजार ६ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ ।
मोरङको लेटाङमा बनाइयो पाँच धर्मावलम्बीको साझा धार्मिक शान्ति पार्क

मोरङको लेटाङमा बनाइयो पाँच धर्मावलम्बीको साझा धार्मिक शान्ति पार्क

लेटाङ । मोरङको लेटाङमा पाँच प्रकारका धर्मको साझा अपनत्व झल्कने गरी धार्मिक शान्ति पार्क बनाइएको छ । धार्मिक सहिष्णुता, आपसी सम्मान र सामाजिक एकता प्रवर्द्धन गर्न हिन्दु, बौद्ध, किराँत, इसाई र इस्लाम धर्मलाई समेटेर पार्क निर्माण गरिएको हो । धार्मिक सहअस्तित्वको नमूना स्थलका रूपमा हेरिएको यो पार्कभित्र विभिन्न धर्मका प्रतीक तथा संरचनाहरू राखिएको छ । पार्क परिसरमा मदिरा सेवन, धूम्रपान, राजनीतिक गत...
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरमा आज साँझ पत्रकार सम्मेलन गरेर नतिजा सार्वजनिक गरेको हो । एसईईमा यस वर्ष ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नतिजा अनुसार ४८ हजार ३ सय ९२ विद्यार्थीले सबैभन्दा बढी जीपीए (३.६० देखि ४.००) ल्याएका छन् । ४ लाख ३० हजार ६६७ विद्यार्थीमध्ये सबैभन्दा बढी ...
विराटनगरको एभरेस्ट स्कुलमा मतदानमार्फत छानियो विद्यार्थी नेतृत्व

विराटनगरको एभरेस्ट स्कुलमा मतदानमार्फत छानियो विद्यार्थी नेतृत्व

विराटनगर । विराटनगर-५ स्थित एभरेस्ट सेकेन्डरी स्कुलले मतदानमार्फत शैक्षिक सत्र २०८३ का लागि विद्यार्थीहरूको प्रमुख (प्रिफेक्ट) तथा उप-प्रमुख (डेपुटी प्रिफेक्ट) चयन गरेको छ । विद्यालयले लोकतान्त्रिक अभ्यासको प्रत्यक्ष अनुभव गराउने उद्देश्यले मतदानमार्फत विद्यार्थीहरूको प्रमुख तथा उप-प्रमुख चयन गरेको हो । निर्वाचनमा पूर्ण रूपमा व्यवस्थित मतदान केन्द्र र गोप्य मतदानको व्यवस्थाबीच विद्यार्थीहरूले छ...
धनकुटामा सिक्री लुट्नेहरू पेसेवर लुटेरा, साथमा भेटियो औँठीदेखि तिलहरीसम्म

धनकुटामा सिक्री लुट्नेहरू पेसेवर लुटेरा, साथमा भेटियो औँठीदेखि तिलहरीसम्म

धनकुटा । धनकुटा बजारबाट सुनको सिक्री लुट्ने सिन्धुलीका तीन जना युवाहरू पेसेवर लुटेरा रहेको पत्ता लागेको छ । धनकुटामा सिक्री लुटेको भोलिपल्ट धरानमा पक्राउ परेका उनीहरूको साथमा लुटिएको सिक्री मात्र नभई अरु पनि धेरै गहनाहरू फेला परेपछि उनीहरु पेसेवर लुटेरा रहेको पत्ता लागेको हो । गत शुक्रवार धनकुटाको सहिदभूमि-१ की ४० वर्षीय विष्णुकुमारी राई धनकुटा बजारमा लुटिएकी थिइन् । उनलाई प्रलोभनमा पारी १ तोला...
मोरङको रतुवामाईबाट २० लाख भारतीय रुपैयाँ बरामद

मोरङको रतुवामाईबाट २० लाख भारतीय रुपैयाँ बरामद

विराटनगर । मोरङको रतुवामाई नगरपालिका–२ स्थित घररुचोक सीमा इलाकाबाट २० लाख भारतीय रुपैयाँ बरामद भएको छ । भारतबाट मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थामा सीमा सुरक्षा गुल्म बरडंगा र वीओपी डोरियाको टोलीले सो रकम बरामद गरेको हो । सशस्त्र प्रहरीको टोलीले चेकजाँच गर्न खोज्दा रकम ल्याउने व्यक्तिहरू झोला फालेर भागेका थिए । झोलामा ५०० दरका ४० बण्डल भारतीय रुपैयाँ रहेको प्रहरीले जनाएको छ । बरामद रकमबारे थप ...
भित्रिँदै पश्चिमी वायु प्रणाली, देशभर वर्षाको सम्भावना

भित्रिँदै पश्चिमी वायु प्रणाली, देशभर वर्षाको सम्भावना

विराटनगर । नेपालमा फेरि सक्रिय पश्चिमी वायु प्रणाली भित्रिन लागेको मौसमविद्हरूले बताएका छन् । यस प्रणालीको प्रभावले देशभर मध्यमदेखि भारी वर्षा हुनुका साथै मौसम चिसिने अनुमान गरिएको छ । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार पश्चिमी वायुले उत्तरतर्फको चिसो हावा नेपालतर्फ ल्याउने भएकाले यस साताभर वर्षासँगै जाडो महसुस हुन सक्छ । उनले वैशाख २८ ...
विराटनगर-१९ मा सुरु भयो मेयरकप फुटबल

विराटनगर-१९ मा सुरु भयो मेयरकप फुटबल

विराटनगर । विराटनगर महानगरपालिका वडा नं.१९ मा आइतवारबाट अन्तर वडास्तरीय मेयरकप फुटबल प्रतियोगिता सुरु भएको छ । स्थानीयस्तरवाटै राम्रा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित विराटनगर वडा नं. १९ ले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिता उद्घाटन गर्दै विराटनगरका मेयर नागेश कोइरालाले भौतिक पूर्वाधार विकाससँगै खेलकुद, शिक्षा र सामाजिक क्षेत्रको समग्र विकासमा महानगर केन्द्रित रहेको बताए । उनले खेलकुद युव...
धनकुटामा सुनको सिक्री लुटेर भागेका तीन जना धरानबाट पक्राउ

धनकुटामा सुनको सिक्री लुटेर भागेका तीन जना धरानबाट पक्राउ

धनकुटा । धनकुटा बजारमा दिउँसै सुनको सिक्री लुटेर भागेका तीन जनालाई प्रहरीले धरानबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका ६ का ३० वर्षीय धनबहादुर तामाङ, सोही पालिकाको वडा नं.१२ का ३२ वर्षीय सन्तोष तामाङ र वडा नं. १० का ३८ वर्षीय राजु तामाङ छन् । उनीहरूलाई गएराती धरानको एक होटलबाट नियन्त्रणमा लिइएको धनकुटाका प्रहरी प्रमुख एसपी सरतकुमार थापा क्षेत्रीले जानकारी दिए । गत शुक्र...
झापामा जङ्गली च्याउ खाँदा ११ जना बिरामी

झापामा जङ्गली च्याउ खाँदा ११ जना बिरामी

झापा । झापामा जङ्गली च्याउ खाँदा एकै परिवारका ११ जना बिरामी परेका छन् । बाह्रदशी गाउँपालिका-२ बुट्टाबारीका तेजबहादुर खवासको परिवार बिरामी परेको हो । उनीहरूले आज बिहानको खानामा जङ्गली च्याउको परिकार बनाएर खाएका थिए । जङ्गलबाट ल्याएको च्याउ पकाएर खाएपछि परिवारका सबै सदस्यमा स्वास्थ्य समस्या देखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार ५० वर्षीया कमलामाया खवास, ३१ वर्षीय डिल्ल...
दोस्रो नेपाल ग्रासरुट छात्रा क्रिकेट महोत्सव विराटनगरमा सम्पन्न

दोस्रो नेपाल ग्रासरुट छात्रा क्रिकेट महोत्सव विराटनगरमा सम्पन्न

विराटनगर । दोस्रो नेपाल ग्रासरुट छात्रा क्रिकेट महोत्सव विराटनगरमा सम्पन्न भएको छ । नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा मेरिलेबोन क्रिकेट क्लब फाउण्डेसन र क्रिकेट विथाउट बाउन्ड्रिजको सहकार्य तथा मोरङ जिल्ला क्रिकेट संघको सहयोग र कोशी प्रदेश क्रिकेट संघको प्रवर्द्धनमा ग्रासरुट क्रिकेट महोत्सव सम्पन्न भएको हो । महोत्सवको उद्देश्य कोशी र मधेश प्रदेशका विभिन्न हबबाट खेलाडीहरूलाई सहभागी गराई नेपालको ...
सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर मृत्यु

सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर मृत्यु

सोलुखुम्बु । सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एक आरोहीको मृत्यु भएको छ । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका-७ का विजय घिमिरे विश्वकर्माको लेक लागेर मृत्यु भएको हो । सगरमाथाको पहिलो शिविर क्षेत्रमा पुगेका आरोही घिमिरे आज बिहान करिब ४ बजेतिर अचानक बिरामी परेका थिए । उनलाई तत्काल आधारशिविरमा ल्याउन लागिएको थियो । पहिलो शिविरबाट तल ल्याउने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...
सुदन किरातीलाई कोशीको भावी मुख्यमन्त्रीमा अघि सार्ने हर्क साम्पाङको तयारी 

सुदन किरातीलाई कोशीको भावी मुख्यमन्त्रीमा अघि सार्ने हर्क साम्पाङको तयारी 

विराटनगर । श्रम संस्कृति पार्टीले पूर्वमन्त्री सुदन किरातीलाई कोशी प्रदेशको भावी मुख्यमन्त्रीका रूपमा अघि सार्ने तयारी गरेको छ । केहीदिन अघि श्रम संस्कृति पार्टी प्रवेश गरेका किरातीलाई पार्टी अध्यक्ष हर्क साम्पाङले मुख्यमन्त्रीका रूपमा अघि सार्ने संकेत गरेका हुन् । साम्पाङले किरातीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने विषयमा सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमै राय मागेका छन् । ‘हाम्रो पार्टीबाट ...
एसईईको नतिजा पर्सि सार्वजनिक गर्ने तयारी

एसईईको नतिजा पर्सि सार्वजनिक गर्ने तयारी

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा मंगलबार सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । बोर्डका अनुसार मंगलबारसम्म नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको छ । सबै तयारी पूरा भइसकेको र प्राविधिक रूपमा कुनै समस्या नआए मंगलबार नतिजा प्रकाशन हुने बोर्डले जनाएको छ । यस वर्षको एसईई परीक्षा गत चैतको दोस्रो सातादेखि सञ्चा...
विराटनगरमा पहिलो पाँचतारे होटल ‘लेमन ट्री प्रिमियर’ सञ्चालनमा

विराटनगरमा पहिलो पाँचतारे होटल ‘लेमन ट्री प्रिमियर’ सञ्चालनमा

विराटनगर । विराटनगरकै पहिलो पाँचतारे ‘लेमन ट्री प्रिमियर’ होटल सञ्चालनमा आएको छ ।  जुन नेपालमा लेमन ट्री होटल्स लिमिटेडको तेस्रो होटल हो । युवा उद्यमीहरू मनोजविक्रम शाह, कबिन श्रेष्ठ, विकास चौधरी र प्रशान्त तातेडको करिब दुई अर्ब रुपैयाँ लगानीमा विराटनगर-५ भृकुटी चोकमा होटल सञ्चालनमा आएको हो । यो होटलमा ८० वटा आधुनिक कोठा र सुइटहरूका साथै विभिन्न खानपान र सभा-सम्मेलनका सुविधाहरू रहेका छन् । विरा...
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? 

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? 

विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँ घटेको हो । आज सुनको मूल्य प्रतितोला दुई लाख ९८ हजार नौ सय रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला दुई लाख ९९ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला पाँच हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ...
काठमाडौंबाट विराटनगर आउँदै गरेको बस धनुषामा दुर्घटना

काठमाडौंबाट विराटनगर आउँदै गरेको बस धनुषामा दुर्घटना

धनुषा । काठमाडौंबाट विराटनगर आउँदै गरेको बस धनुषाको मिथिला नगरपालिका-९ स्थित फुटबल ग्राउन्ड नजिकै दुर्घटना भएको छ । दुर्घटनामा १७ जना यात्रु घाइते भएका छन् । बागमती प्रदेश ०१-००६ ख ५२३७ नम्बरको बस अर्काे बसलाई उछिन्ने क्रममा आज बिहान अनियन्त्रित भएर सडकमै पल्टिएको प्रहरीले जनाएको छ । ओभरटेक गर्दा गति तीव्र भएका कारण चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको...
मेयरले चलाएको सरकारी गाडी दुर्घटना भएपछि…

मेयरले चलाएको सरकारी गाडी दुर्घटना भएपछि…

धनगढी । कैलालीको गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टले चलाएको सरकारी गाडी दुर्घटना भएको छ । गएराति मोहनापुल अत्तरिया ६ लेन सडकखण्डस्थित धनगढी उपमहानगरपालिकाको गेटामा उनले चलाएको सुदूरपश्चिम प्रदेश ०१००१ झ ६०१ नम्बरको गाडी दुर्घटना भएको हो । गाडी दुर्घटना भएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । दुर्घटनामा गाडीमा क्षति पुगेपनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । गाडी प्रहरी चौ...
मोरङको रंगेलीमा मोटरसाइकलले ठक्कर दिँदा वृद्धाको मृत्यु

मोरङको रंगेलीमा मोटरसाइकलले ठक्कर दिँदा वृद्धाको मृत्यु

विराटनगर । मोरङको रंगेली नगरपालिका-४ चोप्रहामा मोटरसाइकलले ठक्कर दिँदा वृद्धाको मृत्यु भएको छ । शनिबार बेलुका चोप्रहास्थित गणेश माध्यमिक विद्यालय नजिकैको भित्री पक्की सडक खण्डमा मोटरसाइकलले ठक्कर दिँदा ७३ वर्षीया कलियादेवी मण्डलको मृत्यु भएको हो । चोप्रहाबाट रंगेलीतर्फ जाँदै गरेको प्र १-०४-००३ प ००२१ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेकी मण्डललाई ठक्कर दिएको थियो । ठक्करबाट मण्डलको दाहिने खुट्ट...
सिरहाले जित्याे नेपाल हव पुरुष टी-२० क्रिकेटको उपाधि

सिरहाले जित्याे नेपाल हव पुरुष टी-२० क्रिकेटको उपाधि

विराटनगर । नेपाल क्रिकेट फाउण्डेसन र कोशी क्रिकेट संघको आयोजनामा विराटनगरमा भएकाे नेपाल हव पुरुष टी-२०क्रिकेट प्रतियोगिताको उपाधि सिरहाले जितेको छ । आज भएको फाइनल खेलमा विराटनगर हवलाई २४ रनले पराजित गर्दै सिरहा हवले उपाधि जिेको हो । टस जितेर ब्याटिङ गरेकोे सिरहाले निर्धारित २० ओभरमा सबै विकेट गुमाई १ सय १० रन बनाएको थियो । सिरहाका प्लेयरअफ फाइनल कप्तान आयुस विकले ४७ रन बनाउँदा दुर्गेश मण्डलले ...
जोगवनी नाकामा थप कडाइ, नेपाल प्रवेशका लागि परिचयपत्र अनिवार्य 

जोगवनी नाकामा थप कडाइ, नेपाल प्रवेशका लागि परिचयपत्र अनिवार्य 

विराटनगर । भारतको जोगवनी हुँदै विराटनगर नाका भएर नेपाल प्रवेश गर्ने सबैले अबदेखि अनिवार्य रूपमा परिचयपत्र देखाउनुपर्ने व्यवस्था लागू भएको छ । सीमा सुरक्षालाई मजबुत बनाउन र अवैध गतिविधि तथा तस्करी नियन्त्रण गर्ने उद्देश्यसहित सीमा क्षेत्रमा कडाइ गरिएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल नेतृत्वको टोलीले आज जोगवनी-विराटनगर सीमा क्षेत्रमा स्थलगत अनुगमन गर्दै नयाँ व्यवस्था कार्यान्वयनमा ...
कोशीका २६ सय २३ एचआईभी संक्रमित एआरटी सेवाको पहुँचमा

कोशीका २६ सय २३ एचआईभी संक्रमित एआरटी सेवाको पहुँचमा

विराटनगर ।  कोशी प्रदेशमा २ हजार ६ सय २३ जना एचआईभी संक्रमितले नियमित रूपमा एन्टिरेट्रोभाइरल थेरापी (एआरटी) सेवा लिइरहेका छन् । एड्स हेल्थ केयर फाउन्डेसन (एएचएफ) सँगको समन्वयमा प्रदेशका ११ स्थानमा सञ्चालित केन्द्रमार्फत उनीहरूले स्वास्थ्य सेवा लिइरहेका हुन् । विराटनगरमा आयोजित एक कार्यक्रममा एएचएफ नेपालका मेडिकल एडभाइजर डा. उन्नत श्रेष्ठले देशभर ३० हजारभन्दा बढी संक्रमित रहेको जानकारी दिँदै कोश...
सुनसरीको वराहक्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा धरानका बस्नेतको मृत्यु

सुनसरीको वराहक्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा धरानका बस्नेतको मृत्यु

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-५ तीनकुने मिलिजुलीस्थित कालावन्जार–धरान सडकमा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहान करिब ४ः३० बजे प्र.१-०१-०१८ प ७८९२ न. को मोटरसाइकल सिमेन्टको कलभटमा ठोक्किएर पैनीको नालामा झरेको हो । दुर्घटनामा परी धरान-८ का ३० वर्षीय मनिस बस्नेतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । कलभटमा ठोक्किएर मोटरसाइकल करिव ३५ फिट पर पैनीको नालामा झरेक...
कोशी प्रदेशका पर्यटन मन्त्री पराजुलीले सार्वजनिक गरे सय दिनका सय वटै काम

कोशी प्रदेशका पर्यटन मन्त्री पराजुलीले सार्वजनिक गरे सय दिनका सय वटै काम

विराटनगर । कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री भीम पराजुलीले आफू मन्त्री भएपछिको सय दिनको कार्यप्रगति सार्वजनिक गरेका छन् । मन्त्रालय परिसरमा आज पत्रकार भेटघाट कार्यक्रम गरेर मन्त्री पराजुलीले सय दिनमा भएका सय वटै कामको विवरण सार्वजनिक गरेका हुन् । मोरङ क्षेत्र नं.४ (ख) मा नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभा सदस्य निर्वाचित पराजुली गत पुस २२ गते पर्यटन मन्त्री नियुक्त भएका हुन् । त्यसय...
नेपाल हव पुरुष टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा सिरहा र विराटनगर भिड्ने

नेपाल हव पुरुष टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा सिरहा र विराटनगर भिड्ने

विराटनगर । नेपाल क्रिकेट फाउण्डेसन र कोशी क्रिकेट संघको आयोजनामा विराटनगरकाे मेरिलेवन ज्वाला क्रिकेट मैदानमा जारी दोस्रो संस्करणको नेपाल हव पुरुष टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा सिरहा हव र विराटनगर हव भिड्ने भएका छन् । आज भएको लिगको अन्तिम खेलमा विजयी हुँदै लिगको शीर्ष दुई हुँदै सिरहा र विराटनगर फाइनलमा प्रवेश गरेका हुन् । पहलो खेलमा राजविराज हवलाई सिरहा हवले १ रनले पराजित गरेको छ । आज विह...
सर्वोच्चको अन्तरिम आदेश : सुकुम्बासी बस्ती खाली नगर्नु  

सर्वोच्चको अन्तरिम आदेश : सुकुम्बासी बस्ती खाली नगर्नु  

काठमाडौँ । काठमाडौंका नदी किनार र सार्वजनिक स्थानका सुकुम्बासी बस्ती खाली नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । सुकुम्बासी बस्तीमा डोजर चलाउने सरकारको कदमविरुद्ध गोपाल रन पहलीसहित ११ जनाले वैशाख ११ गते रिट निवेदन दिएका थिए । रिटमा काठमाडौँ उपत्यकासहित देशभरका नदी किनार वा जुनसुकै स्थानका सुकुम्बासी बस्तीका भूमिहीन परिवारको पहिचान, प्रमाणीकरण र वैकल्पिक व्यवस्था नगरी कुनै पनि परिवारलाई ह...
कोशी प्रदेशको एमाले प्रमुख सचेतकमा बस्नेत नियुक्त

कोशी प्रदेशको एमाले प्रमुख सचेतकमा बस्नेत नियुक्त

विराटनगर । कोसी प्रदेशमा नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा रमेश कुमार बस्नेत नियुक्त भएका छन् । सुनसरीबाट प्रदेश सभा सदस्य निर्वाचित बस्नेतलाई आज दलका नेता तथा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रमुख सचेतक नियुक्त गरेका हुन् । विदुर कुमार लिङ्थेप आर्थिक मामिला तथा योजना मन्त्री भएपछि प्रमुख सचेतक पद रिक्त थियो । रिक्त पदमा बस्नेतलाई जिम्मेवारी प्रदान गरिएको हो ।
error: Content is protected !!