संगालोखबर


विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज फाइनल प्रवेशका लागि विराटनगर किंग्स र लुम्बिनी लायन्स प्रतिस्पर्धा गर्दैछन् । दोस्रो क्वालिफायर अन्तरगत किर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा खेल अपराह्‍न ४ बजेदेखि सुरु हुनेछ ।

आजको खेलमा जित निकाल्ने टिमले उपाधिका लागि साविक उपविजेतासमेत रहेको सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । दुबै टोली फाइनलमा स्थान बनाउने योजनाका साथ मैदानमा उत्रने छन् ।

Advertisement

विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएको थियो । लुम्बिनीले इलिमिनेटरमा काठमाण्डू गोर्खाजविरुद्ध चार विकेटको जित निकाल्दै दोस्रो क्वालिफायर यात्रा तय गरेको हो । फाइनल खेल मंसिर २७ गते हुनेछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!