शुक्रबार, भाद्र ०८, २०८०
धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका–७ स्थित थाक्लेका गम्भीरजंग थापाको मलेशियामा निधन भएको छ । वैदेशिक रोजगारीका लागि मलेशिया पुगेका थापाको बिहीबार निधन भएको हो ।
बुधबार बेलुका साथीको कोठामा गएर सुतेका थापा भोलिपल्ट बिहान सुतेकै ठाउँमा मृत भेटिएका हुन् । श्वासप्रश्वासमा समस्या आएर उनको मृत्यु भएको बताइएको छ । करिब ३० महिना अघि नेपाली सेनाबाट अवकाश प्राप्त गरेका थापा दुई महिना अघि वैदेशिक रोजगा...