संगालोखबर


विराटनगर । दक्षिण कोरियाको चुङबुक उम्सङ क्षेत्रमा ट्रकले ठक्कर दिँदा नेपाली युवतीको मृत्यु भएको छ । झापाको कमल गाउँपालिका स्थित तोपगाछीकी घर भएकी २२ वर्षीया मनिषा दाहालको मृत्यु भएको हो ।

मालवाहक ट्रकको ठक्कर बाट गम्भीर घाइते भएकी उनलाई तत्काल वनजु सेब्रान्स क्रिश्चियन अस्पताल पुर्‍याइएकोमा चिकित्सकहरूले मृत घोषणा गरेका थिए ।

Advertisement

कलेजको बिदामा साथीहरूसँग घुम्न निस्किएकी उनी दुर्घटनामा परेको जनाइएको छ । मनिषाको शव नेपाल ल्याउने तयारीका लागि उनका परिवारका सदस्यहरू काठमाडौं पुगेका छन् ।

कोरियामा रहेका नेपाली संघ-संस्थाहरूले शव ल्याउने प्रक्रिया सहज बनाउन तथा परिवारलाई भावनात्मक र आर्थिक सहयोग जुटाउन लागिपरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!