संगालोखबर


विराटनगर । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा चार नेपाली नागरिकको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमा सोही क्लबमा काम गर्दै आएका चुर्णबहादुर पुन, विवेक कटुवाल, सविन र सुदीप रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनीहरूको ठेगाना भने खुल्न बाँकी छ । आइतबार बिहान भएको आगलागीमा कुल २५ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

Advertisement

मृतक २५ मध्ये ५ जना पर्यटक र २० जना नाइट क्लबकै स्टाफ रहेको बताइएको छ । मृत्यु हुने ५ पर्यटकमध्ये ४ जना दिल्लीका रहेको जनाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!