संगालोखबर


विराटनगर । मदन भण्डारी फाउन्डेसन कोशी प्रदेशले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रदेश स्तरीय कार्यशाला गोष्ठी गर्ने भएको छ । असोज ४ र ५ गते जबजको मार्गदर्शनमा सुशासन र समृद्धि : अवसर र चुनौति विषयक प्रदेशस्तरीय कार्यशाला गोष्ठी गर्न लागिएको फाउन्डेसनका सचिव सोमराज थापाले जानकारी दिए ।

कार्यशालामा विज्ञहरूबाट कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको सचिव थापाले बताए । कार्यशालाका लागि फाउन्डेसनका कोशी प्रदेश अध्यक्ष गोपाल गुरागाइँको संयोजकत्वमा मूलसमारोह समिति समेत गठन गरिएको छ ।

Advertisement

इरान राईको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, उषा झाको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति र सोमराज थापाको संयोजकत्वमा अतिथि सत्कार उपसमिति गठन गरिएको छ ।

कार्यशाला गोष्‍ठीको तयारी लगायतका विषयमा हिजो मदन भण्डारी फाउन्डेसन मोरङ जिल्ला समितिको बैठक बसेको थियो । फाउन्डेसनका मोरङ अध्यक्ष तथा प्रदेश सांसद खड्गबहादुर बस्नेतले कार्यशाला गोष्ठी बारे १७ वटै स्थानीय तहसम्म सूचना पुग्नेगरि काम सुरु गरिएको बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!