संगालोखबर
फाइल तस्बिर

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका-५ बेलटारमा एक घरमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । हिजो दिउँसो चन्द्रमणि खतिवडाको घरमा आगलागी हुँदा घरमा भएका सम्पूर्ण सामान जलेर नष्ट भएका हुन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले आगलागीबाट करिब २० लाख बराबरको क्षति भएको जानकारी दिए ।  डीएसपी बस्नेतले संगालोखबरसँग भने, ‘घरमा कोही नभएको समयमा आगो लागेको रहेछ । आगलागीको कारण भने खुल्न बाँकी छ ।’

Advertisement

आगलागीबाट घरमा भएको धान कुट्ने मिलसमेत पूर्ण रूपमा क्षति भएको छ । ९० हजार नगद, डेढ तोला सुन, ४० मन धानलगायत घरमा भएका सम्पूर्ण सामान जलेर नष्ट भएको डीएसपी बस्नेतले जानकारी दिए ।

दमक, पथरीशनिश्चरे र उर्लाबारी नगरपालिकाबाट गएको दमकल र स्थानियको सहयोगमा प्रहरीले करिब डेढ घण्टापछि आगो नियन्त्रणमा लिएको थियो ।

आगलागीका विषयमा अनुसन्धान सुरु भएको छ । अनुसन्धान पछि आगलागीको कारण खुल्ने डीएसपी बस्नेतले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!