संगालोखबर

विराटनगर । कोशी प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिने भएका छन् । केन्द्रमा फेरिएको राजनीतिक समीकरणसँगै माओवादी सरकारबाट अलग हुन लागेको हो ।

Advertisement

सरकारमा माओवादीबाट सहभागी भएका चारजना मन्त्रीहरूले आज मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाउने भएका हुन् । मन्त्रीहरूको राजीनामासँगै अब माओवादी प्रतिपक्षमा बस्ने भएको छ ।

माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आजै सरकारबाट बाहिरिने उल्लेख गर्दै मन्त्रीहरुले राजीनामा दिने बताए । ‘सरकारबाट बाहिरिने भएका छौं’ उनले संगालोखबरसँग भने, ‘राजीनामा दिएपछि पार्टीको विस्तृत धारणा सार्वजनिक गर्नेछौं । आङ्बोले सरकारबाट फिर्ता भएपछि समर्थन पनि फिर्ता लिने बताए ।

गत वैशाख २७ गते बनेको एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा माओवादीका तर्फबाट तीन जना मन्त्री र एक जना राज्यमन्त्रीसहित चारजना सहभागी छन् ।

भौतिक पूर्वाधार विकास मन्त्री गणेश उप्रेती, पर्यटन, वन तथा वातावरण मन्त्री नारायण बुर्जा मगर, स्वास्थ्यमन्त्री राजेन्द्र कार्की र बन्दना झाँगर पर्यटन राज्यमन्त्रीको जिम्मेवारीसहित सरकारमा सहभागी छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!