संगालोखबर

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १५ औँ महाधिवेशनमा आफू सभापतिको दाबेदार रहने बताएका छन् । आगामी २०८२ सालमा कांग्रेसको महाधिवेशन हुने सम्भावना छ ।

Advertisement

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । अघिल्लो महाधिवेशनमा पराजित निकटतम प्रतिद्वन्द्वी भएका कारण पनि सभापतिमा स्वतः आफ्नो दाबी रहने कोइरालाले बताए ।

देशभर भ्रमण गरेर नेता कार्यकर्ता भेटघाटमा सक्रिय रहेको उनले बताए । अर्काे प्रसङ्गमा उनले कोशी प्रदेश सरकारका विषयमा केन्द्रमा छलफल भइरहेकाले एक साताभित्र कांग्रेस सहभागी हुने सम्भावना रहेको बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!