संगालोखबर

विराटनगर । नेपाली काँग्रेस विराटनगर महानगरपालिकाको सभापतिमा सुभाषचन्द्र बस्नेतले उम्मेदवारी घोषणा गरेका छन् । विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय बस्नेतले महानगर सभापतिमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

वि.सं. २०५५ सालदेखि राजनीतिक रूपमा क्रियाशील बस्नेत विधार्थी जीवनदेखि नै नेपाली काँग्रेसको राजनीतिमा सक्रिय छन् ।

लोकतन्त्र, सामाजिक न्याय, समावेशिता र जनउत्तरदायी राजनीतिक संस्कारलाई बलियो बनाउनुपर्ने धारणा राख्दै आएका बस्नेतले पार्टीभित्र युवालाई नेतृत्वमा ल्याउँनुपर्नेमा जोड दिए ।

उनले पुस्तान्तरण आजको आवश्यकता भएकाले नेतृत्वमा नयाँ ऊर्जा आवश्यक रहेको बताए । बस्नेत संगठनलाई जनतासँग थप जोड्दै पार्टीलाई गतिशील बनाउनुपर्नेमा जोड दिँदै आएका छन् ।

खेलकुद क्षेत्रको समेत राम्रो बुझाइ राख्ने बस्नेत सम्राट स्पोर्टिङ क्लबका सचिव हुन् । खेलकुदलाई युवाको व्यक्तित्व विकास, अनुशासन र सामाजिक एकताको महत्वपूर्ण माध्यमका रूपमा आफूले हेरेको उनको भनाइ छ ।

काँग्रेसलाई अझ बलियो, व्यवस्थित र जनमुखी बनाउन आफू प्रतिबद्ध रहेको उनले बताए । विराटनगरमा काँग्रेसलाई थप ऊर्जाशील र जनतामाझ प्रभावकारी संगठनका रूपमा विकास गर्ने लक्ष्यसहित आफूले उम्मेदवारी अघि सारेका उनको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!