विराटनगरमा हराएको सुनको बाला भेटियो, प्रहरीले बुझायो सम्बन्धित व्यक्तिलाई
विराटनगर । विराटनगरबाट हराएको सुनको बाला फेला पारेर मोरङ प्रहरीले सम्बन्धित धनीलाई बुझाएको छ । बिहीबार बिहान करिब १० बजे विराटनगर-११ की प्रतीक्षा कोइरालाले हातमा लगाएको बाला हराएको थियो ।
पिचरा चोक नजिक डेढ तोला बराबरको सुनको बाला हराएको भन्दै कोइरालाले बेलुका ५ बजे प्रहरीलाई मौखिक जानकारी गराएकी थिइन् । उक्त जानकारीपछि प्रहरी चौकी बखरीबाट प्रहरी वरिष्ठ नायब निरीक्षक प्रविण भट्टराईको कमान्डमा ख...





























