गैरनाफामूलक अस्पताल बनाउन उद्योगी कटेलद्वारा १५ करोड बराबरको सहयोग
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-२ झोराहाटमा गैरनाफामूलक अस्पताल निर्माण गर्न उद्योगपति राजु कटेलले १५ करोड बराबरको सहयोग उपलब्ध गराउने भएका छन् । विराटनगरका उद्योगी कटेलले १४ करोड मूल्य पर्ने ७ बिगाहा जग्गा र एक करोड नगद उपलब्ध गराउने भएका हुन् ।
भारतको गुजरातस्थित नौतनपुरी धामका गाधिपती जगतगुरु आचार्य कृष्णमणि महाराजसहितको टोलीले झोराहाटस्थित अस्पताल निर्माणस्थलको बिहीबार निरीक्षण गरेको ...