धनकुटामा नयाँ बर्षको अवसरमा नृत्य प्रतियोगिता (फोटो फिचरसहित)

धनकुटामा नयाँ बर्षको अवसरमा नृत्य प्रतियोगिता (फोटो फिचरसहित)

धनकुटा । नयाँ बर्ष २०७४ को अवसर पारेर धनकुटामा लोक नृत्य प्रतियोगिता आयोजना गरिएको छ । जिल्ला युवा समितिको सहयोग र देउराली युवा क्लवको संयोजकत्वमा डि स्टार डान्स एकेडेमी धनकुटाले प्रतियोगिता आयोजना गरेको हो । १६ देखि ४० बर्षका युवाहरुवीच युवा प्रतिभा पहिचान कार्यक्रम अन्र्तरगत लोक नृत्य प्रतियोगिता गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा बिजयीलाई जिल्ला युवा समितिका अध्यक्ष अर्जुन छाराहाङ्ग, रेड...
नयाँ वर्षसँगै मुसहर बस्तीमा खुसीयाली

नयाँ वर्षसँगै मुसहर बस्तीमा खुसीयाली

बर्दिबास बजारबाट बस्तीसम्म जोडिएको करिब डेढ किलोमिटर बाटो छिचोलिरहँदा लाग्छ, त्यहाँ नवदुलही भित्र्याउने तरखर भइरहेको छ । बाटोभरि स्वागतद्वार ठड्याइएको छ । हुलका हुल आगन्तुक आउँछन्, बस्तीलाई पृष्ठभूमि बनाएर सेल्फी खिच्छन् । लाग्छ, मुसहर बस्तीमा यतिबेला मेला लागेको छ । अर्को शब्दमा भन्दा मुसहर बस्ती तंग्रिएको छ । परेड खेल्न तैनाथ सीपाही जस्तै पंक्तिबद्ध उभिएका छन्, बस्तीका ५२ वटा घर । उस्तै बान्क...
सिंहदरबारकै यो दुर्दशा, देश कहिले सुध्रिएला ?

सिंहदरबारकै यो दुर्दशा, देश कहिले सुध्रिएला ?

काठमाडौं । देशकै प्रमुख प्रशासनिक केन्द्र हो, सिंहदरबार । तर, सिंहदरबार देशको प्रमुख प्रशासनिक केन्द्र जस्तो छैन, यसको अवस्था निकै दयनीय छ । आजको नयाँ पत्रिका दैनिकले सिंहदरबारभित्रको असरल्ल र लथालिंगको अवस्थालाई तस्बिरमार्फत चित्रण गरेको छ । नयाँ पत्रिकाले लेखेको छ – भत्किएका भवन, भाँचिएका फर्निचर, बिग्रिएका गाडी, फालिएका फाइल र थुप्रिएको फोहोरले देशको सर्वोच्च निकाय सिंहदरबार पूरै दयनीय देखिन...
शुभकामना

शुभकामना

नयाँ वर्ष २०७४ आरम्भका अवसरमा सम्पूर्ण पाठक, शुभेच्छुक, लेखक, विज्ञापनदाता तथा समस्त नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। रबिन कटेल (प्रबन्ध निर्देशक) एवं संगालोखबर मिडिया प्रा.लि.परिवार ।
दलीय चुनाव चिन्ह माग्दै ६८ दलद्वारा आन्दोलन घोषणा, संसदको चुनाव गर्न बाबुरामको चुनौती

दलीय चुनाव चिन्ह माग्दै ६८ दलद्वारा आन्दोलन घोषणा, संसदको चुनाव गर्न बाबुरामको चुनौती

काठमाडौं । दलीय चुनाव चिन्हको माग गर्दै डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको अगुवाईमा ६८ दलीय मोर्चाले आन्दोलन घोषणा गरेको छ । साथै भट्टराईले दलहरुसँग हिम्मत छ भने संसद विघटन गरेर प्रतिनिधि सभाको चुनाव घोषणा गर्न चुनौती दिएका छन् । बिहीबार संयुक्त पत्रकार सम्मेलन गर्दै ६८ दलीय मोर्चाले बैशाख २ गतेदेखि ८ गतेसम्म रत्नपार्क, शान्तिबाटिकामा रिले अनसन बस्ने घोषणा गरेको छ । २ गते ६८ दलीय...
स्थानीय चुनावमा सेना परिचालन गर्ने सरकारको निर्णय, तेस्रो घेरामा रहने

स्थानीय चुनावमा सेना परिचालन गर्ने सरकारको निर्णय, तेस्रो घेरामा रहने

काठमाडौं । सरकारले आसन्न स्थानीय तहको निर्वाचनको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन नेपाली सेनालाई पनि परिचालन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको पछिल्लो बैठकले निर्वाचन सुरक्षाका लागि सेना परिचालन गर्नुपर्ने स्थिति रहेको निष्कर्ष निकालेको एक मन्त्रीले अनलाइनखबरलाई बताएका हुन् । निर्वाचनमा सेना परिचालन गर्न सुरक्षा परिषदले सिफारिस गरेको थियो र, रक्षा मन्त्रालयमार्फत आएको यो प्रस्ताव मन्त्रिपर...
पौडी खेल्दा अरुण नदीमा डुवेर बालकको मृत्यु

पौडी खेल्दा अरुण नदीमा डुवेर बालकको मृत्यु

धनकुटा । अरुण नदीमा पौडी खेल्ने क्रममा मंगलवार धनकुटाको लेगुवाका एक बालकको डुवेर मृत्यु भएको छ । महालक्ष्मी नगरपालिका–५ लेगुवा स्थित अरुण नदीमा डुवेर स्थानीय १२ बर्षिय ईश्वर बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ । अपरान्ह साथीहरुसँग नदीमा पौडी खेल्न गएका उनी पौडी खेल्दै गर्दा डुवेर बेपत्ता भएका थिए । सँगै गएका साथीहरुले उनी बेपत्ता भएको खवर गरेपछि खोज्ने क्रममा अपरान्ह करिव ४ बजे नदीमा सव फेल...
म्याद नाघेको औषधि बेच्नेलाई जन्मकैद हुने

म्याद नाघेको औषधि बेच्नेलाई जन्मकैद हुने

काठमाडौं । म्याद नाघेका औषधि बेचेर उपभोक्ताको ज्यान गए विक्रेतालाई जन्मकैद हुने भएको छ । संसद्को विधायन समिति मातहतको उपसमितिले मौजुदा औषधि ऐन संशोधनको प्रतिवेदन तयार पारी म्याद नाघेका औषधि बेच्नेलाई अधिकतम २५ वर्ष कैदको व्यवस्था गर्न लागेको हो । अहिले १० वर्षसम्मको सजायलाई कैद सजाय मानिएको आजको नागरिक दैनिकमा समाचार छ । ऐनको दफा २२ (क) को व्यवस्था संशोधन गरी ज्यान मारेसरह कैद व्यवस्थामा थप...
प्रहरी प्रमुखमा प्रकाश अर्याल नियुक्त, मध्यरातमै लगाए आईजीपीको फुली

प्रहरी प्रमुखमा प्रकाश अर्याल नियुक्त, मध्यरातमै लगाए आईजीपीको फुली

काठमाडौं । सरकारले डीआईजी प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ । सोमबार अबेर बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई प्रहरी प्रमुखमा बढुवा गर्ने निर्णय गरेको हो । बैठकमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि भने सहभागी थिएनन् । सरकारको दोस्रो वरियता नपाएपछि उनले मन्त्रिपरिषद् बैठक बहिस्कार गरेका हुन् । सोमबार नै बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले आईजीपीका दाबेदारहरुको कार्...
प्रचण्डकै योजनामा नयाँ शक्तिलाई चुनाव चिन्हबाट बन्चित गराईयो-बाबुराम भट्टराई

प्रचण्डकै योजनामा नयाँ शक्तिलाई चुनाव चिन्हबाट बन्चित गराईयो-बाबुराम भट्टराई

काठमाडौं । नयाँ शक्ति पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको योजना अनुसार आफ्नो पार्टीलाई चुनाव चिन्हबाट बन्चित आरोप लगाएका छन् । सोमवार काठमाडौंको अल्फाबिटा कम्प्लेक्समा केही सञ्चारकर्मी सहितको अनौपचारिक छलफलमा डा. भट्टराईले भने, ‘प्रधानमन्त्री आफैंले र उहाँका नजिकका व्यक्तिले यस्तो गरेको आशंका लागेको छ ।’ डा.भट्टराईको ...
गुड्दै गरेको मोटरसाईकलको चक्कामा सल बेरिदा…

गुड्दै गरेको मोटरसाईकलको चक्कामा सल बेरिदा…

धनकुटा । धनकुटाको भेडेटार बजार नजिक आईतवार बिहान गुड्दै गरेको मोटरसाईकलमा सल बेरिदा लडेर एक महिलाको मृत्यु भएको छ । धनकुटाबाट धरान तर्फ जाँदै गरेको को.६ प.८६७५ नम्बरको मोटरसाईकलमा सवार उदयपुर बेलटार–१ की ३१ बर्षिय सुकुना श्रेष्ठको लडेर मृत्यु भएको हो । पछाडीको चक्कामा सल बेरिएपछि श्रेष्ठ गुड्दै गरेको मोटरसाईकलबाट खसेकी थिईन् । मोटरसाईकलबाट झरेर गंभीर घाईते भएकी श्रेष्ठलाई उपचारका लागि धरान स्थि...
झापामा फर्निचर उद्योगमा आगलागी

झापामा फर्निचर उद्योगमा आगलागी

झापा । झापाको भद्रपुर नगरपालिका–८ स्थित एक फर्निचर उद्योगमा आइतबार आगलागी भएको छ । स्थानीय देबेन्द्र बस्नेतले सञ्चालन गरेको उद्योगमा बिहान करिव ३ बजे बिधुत सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट १ लाख २५ हजार बराबरको क्षति भएको अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीको टोली, सशस्त्र प्रहरी, नेपाली सेना, विर्तामोड र भद्रपुरको दमकल तथा स्थानीयबासीले करिव २ घण्टाप...
भोजपुरका सवै बिद्यालयमा चैत भित्रै पाठ्यपुस्तक पुग्ने

भोजपुरका सवै बिद्यालयमा चैत भित्रै पाठ्यपुस्तक पुग्ने

भोजपुर । भोजपुरका सवै सामुदायिक विद्यालयमा चैत्र अन्तिम भित्रै पाठ्यपुस्तक पुग्ने भएको छ । पाठ्यपुस्तक वितरणका लागि जिल्लामा तोकिएका पुस्तक विक्रेताहरुले पुस्तक ल्याई सकेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । जिल्लाभरका ३ सय ८६ सामुदायिक विद्यालयको खातामा जिल्ला शिक्षा कार्यालयले पुस्तक खरिदका लागि १ करोड ३ लाख ८८ हजार ८ रकम निकासा गरेको छ । शैक्षिक शत्र शुरु हुन लागेको अवस्थामा विद्यार्थीलाई प...
नचिनेको नम्बरबाट ‘मिस्ड कल’ आइरहेको छ ? सावधान

नचिनेको नम्बरबाट ‘मिस्ड कल’ आइरहेको छ ? सावधान

काठमाडौं । तपाईंको मोबाइलमा नचिनेको नम्बरबाट ‘मिस्ड कल’ आइरहेको छ ? यसो हो भने होसियार हुनुहोस् । नचिनेको नम्बरबाट आएको ‘मिस्ड कल’मा ‘कल ब्याक’ गर्दा तपाईंको मोबाइलको गोप्य सूचना चोरिनुका साथै ब्यालेन्स पनि रित्तिन सक्छ । नेपालमा केही दिनयता नेपाल टेलिकम र एनसेलका मोबाइल बोक्ने कतिपय ग्राहकले विदेशको नम्बरबाट आएका मिस्ड कलबाट हैरानी बेहोर्नु परेको छ । यसरी आउने मिस्ड कलमा कल ब्याक गर्दा प्रयोगक...
गाउँमा छैनन् युवा, महिलाले नै गर्छन् दाहसंस्कार

गाउँमा छैनन् युवा, महिलाले नै गर्छन् दाहसंस्कार

गुल्मी । सत्यवती गाउँपालिका–५ कि यशोदा सापकोटा २७ माघमा ससुराको मलाम गइन् । गाउँका दिदी–बहिनीले साथ दिए । ती महिला शव बोकेर घाट मात्रै पुगेनन्, दाहसंस्कार गरेर घर फिर्ता भए । उनीहरूले शव बोकेको देख्दा र मलामी जाँदा गाउँमा धर्म हराएको मान्नेहरू पनि भेटिए । तर, कतिले उनीहरूको हिम्मतलाई सम्मान पनि गरे । तर, सत्यवती गाउँपालिका मात्रै होइन, वरपरका अन्य गाउँमा समेत महिला शव बोकेर घाट जान्छन् । अरू जो...
मधेसी मोर्चालाई मनाउन यस्तो आउँदै छ संशोधन विधेयक

मधेसी मोर्चालाई मनाउन यस्तो आउँदै छ संशोधन विधेयक

काठमाडौं । सरकारले असन्तुष्ट मधेसी मोर्चालाई मनाउन नयाँ संशोधन विधेयक तयार पारेको छ । सरकारले तयार पारेको संशोधन विधेयकमा भाषा, नागरिकता, राष्ट्रिय सभामा प्रतिनिधित्व, मातृभाषालगायत विषय छन् । भाषाका विषयमा भाषा आयोगको सिफारिसमा नेपाल सरकारले सरकारी कामकाजको भाषा भनी निर्णय गरेका भाषाहरुलाई पनि संविधानको अनुसूची थप गरी समाधान गर्ने संशोधन विधेयकमा उल्लेख छ ।नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम...
अक्षय र सोनमलाई ‘राष्ट्रिय फिल्म अवार्ड’

अक्षय र सोनमलाई ‘राष्ट्रिय फिल्म अवार्ड’

बलिउड चलचित्रका लागि सधै नै प्रतिक्षामा रहेको ‘राष्ट्रिय फिल्म अवार्ड’को घोषणा भएको छ । ‘६४ औ राष्ट्रिय फिल्म अवार्ड’मा नायक अक्षय कुमारले चलचित्र ‘रुस्तम’बाट उत्कृष्ट नायकको अवार्ड जितेका छन् । यस्तै, नायिका सोनम कपुर अभिनित चलचित्र ‘निरजा’ उत्कृष्ट चलचित्र बन्न सफल भएको छ । यस्तै, नायक ‘पिंक’ले उत्कृष्ट सामाजिक बिषयको चलचित्र विधामा अवार्ड प्राप्त गरेको छ । १५ बर्षकी जाइरा वासिमले चलचित्र ‘दं...
यी हुन् गुल्मीमा महिला उम्मेद्वारका आकांक्षीहरु

यी हुन् गुल्मीमा महिला उम्मेद्वारका आकांक्षीहरु

गुल्मी । स्थानीय तहको निर्वाचनमा गुल्मीमा महिला उम्मेद्वारका आकांक्षी उल्लेख्य पाइएका छन् । कांग्रेस एमाले र माओवादीमा वडादेखि नगरपालिकासम्ममा महिला उम्मेद्वारका आकांक्षीहरु बढि देखिएका हुन् । रेसुङगा नगरपालिका नेपाली कांग्रेस श्रोतका अनुसार रेसुङ्गा नगरपालिकामा वडाअध्यक्ष देखि मेयरसम्ममा महलिाको उमेद्वारी पर्ने चर्चा सूरु भएको छ । त्यसमा कांग्रेसबाट अमृतादेवि कुँवर , राधा पन्थी , अम्वीका श्रे...
चार खण्डमा बाँडेर विमानस्थल विस्तार गरिँदै, के–के हुँदैछ विस्तार ?

चार खण्डमा बाँडेर विमानस्थल विस्तार गरिँदै, के–के हुँदैछ विस्तार ?

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थल विस्तार कार्यलाई चार खण्डमा बाँडेर अघि बढाउने भएको छ । यसका लागि तीन वटा टेण्डर खुलिसकेको छ भने बाँकी एउटा टेन्डर चाँडै खोल्ने तयारी छ । प्राधिकरणले रनवे, पार्किङ, टर्मिनल भवन तथा कन्भेयर बेल्टको विस्तारका लागि काम सुरु गरेको हो । गत मार्च ५ मा खोलिएको तीन वटा टेण्डरको म्याद अप्रिल १५ सम्म रहेको छ । प्राधिकरणले रन वे विस्तारको लागि खोलेको...
अमेरिकाद्वारा सिरियामाथि हवाई आक्रमण

अमेरिकाद्वारा सिरियामाथि हवाई आक्रमण

दमास्कस । अमेरिकी हवाई सेनाले गृह युद्धमा होमिएको सिरियामाथि आक्रमण शुरु गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा अमेरिकी सेनाले ५९ वटा क्रुज मिसाइल सिरियाली सेनाको हवाई अड्डामा प्रहार गरेका छन् । उक्त आक्रमणबाट भएको क्षति विवरण अझै थाहा हुन सकेको छैन।आक्रमणबाट सिरियाको सैन्य अड्डामा निकै ठूलो क्षति भएको अमेरिकाले दाबी गरेको छ । सिरियामा गृह युद्ध शुरु भएको ६ वर्षमा पहिलो पटक अमेरिका...
भोजपुरमा बैद्य र प्रचण्ड माओवादी वीच एकता

भोजपुरमा बैद्य र प्रचण्ड माओवादी वीच एकता

भोजपुर । भोजपुरमा प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र र वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओेवादी बीच एकता भएको छ । स्थानीय तह निर्वाचन नजिकिदै गर्दा विहीवार जनआन्दोलन दिवसको अवसर पारेर दुई पार्टी एक भएको घोषणा गरिएको हो । एकता घोषणा कार्यक्रममा दुवै पार्टीका संयोजकले कम्युनिष्ट आन्दोलनलाई ऐतिहासिक कोसेढुंगा सावित गराउँन एकता गरिएको बताएका छन । सो अवसरमा नेकपा क्रान्तिकारी माओवादीका सेक्...
धनकुटामा तेस्रो छथर साँस्कृतिक तथा पर्यटन महोत्सव हुने

धनकुटामा तेस्रो छथर साँस्कृतिक तथा पर्यटन महोत्सव हुने

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकामा आगामी मंगलबार देखि तेस्रो छथर साँस्कृतिक तथा पर्यटन महोत्सव हुने भएको छ । महोत्सव आयोजक समितिले बिहिबार धनकुटामा पत्रकार सम्मेलन गरी चैत २९ देखि ३१ गतेसम्म तीन दिने महोत्सव आयोजना गरिएको जानकारी दिएको हो । ‘कृषिमा दाम, संस्कृतिमा नाम, पर्यटन प्रवद्र्धन, यहि हो छथरको पहिचान’ भन्ने नाराका साथ साविकको परेवादिन गाबिस–९ र हालको छथर जोरपाटी गाउँपालिका–५ स्थित ...
आखिर नयाँ के छ स्थानीय तहमा ? काम, कर्तव्य र अधिकार यस्ता छन

आखिर नयाँ के छ स्थानीय तहमा ? काम, कर्तव्य र अधिकार यस्ता छन

काठमाडाैं । संविधानतः स्थानीय तह कार्यान्वयन भएसँगै ती तहले गर्ने अधिकार तथा कामबारे विस्तृतीकरण भएको छ । मुख्यसचिव डा. सोमलाल सुवेदी नेतृत्वको संघीयता कार्यान्वयन तथा प्रशासन पुनर्संरचनासम्बन्धी उच्चस्तरीय समन्वय समितिले संघ, प्रदेश र स्थानीय तहको अधिकारसूचीको विस्तृतीकरण गरेको हो । संविधानले तोकेका महत्वपूर्ण अधिकार क्षेत्रलाई विस्तृतीकरण गरी समितिले स्थानीय तहका तीन सय ५७ काम पहिचान गरेको छ ...
जोरपाटीमा लेनदेन विवादमा खुकुरी प्रहार

जोरपाटीमा लेनदेन विवादमा खुकुरी प्रहार

धनकुटा । धनकुटाको छथर गाउँपालिका–२ जोरपाटीमा गएराति खुकुरी प्रहारबाट एक जना घाईते भएका छन् । सुन लेनदेनको बिषयमा विबाद हुँदा स्थानीय ४५ बर्षिय खगेन्द्र भुजेलले ३२ बर्षिय बुद्धीमान रानामगरलाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट घाईते भएका मगरलाई उपचारका लागी धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको धनकुटाका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रविणला...
एपिएफलाई रामनवमी भलिबलको उपाधी

एपिएफलाई रामनवमी भलिबलको उपाधी

धनकुटा । शसस्त्र प्रहरीको राष्ट्रिय भलिवल टिम (एपिएफ) ले धनकुटाको हिलेमा सञ्चालित १२ औं रामनवमी भलिवल प्रतियोगिताको उपाधी हात पारेको छ । बुधवार भएको फाईनल खेलमा न्यु शिखर सुज इटहरी भलिवल क्लवलाई पराजित गर्दै एपिएफले उपाधी जितेको हो । एपिएफले २५–२३, २५–२२ र १८–१६ को सोझो सेटमा न्यू शिखर सुजलाई पराजित गरेको हो । उपाधीसँगै एपिएफले ७५ हजारसहित ट्रफि हात पारेको छ । उप–विजेता न्यू शिखरले ४० हजार र ट्र...
सुनसरीमा अदालत-सेवाग्राहीको अन्तरक्रिया प्रभावकारी बन्दै

सुनसरीमा अदालत-सेवाग्राहीको अन्तरक्रिया प्रभावकारी बन्दै

सुनसरी । सेवाग्राहीलाई सहजीकरण गर्दै सुमधुर सम्बन्ध राख्ने उद्धेश्यले सुनसरी जिल्ला अदालतले सुरु गरेको सेवाग्राहीसँगको अन्तरक्रिया कार्यक्रम प्रभावकारी बन्दै गएको छ । जिल्ला अदालतले तिन महिना अघिदेखी यो कार्यक्रम थालेको हो । कार्यक्रम सुरु भएपछि सर्वसाधारणले आफ्नो गुनासो सिधै मुख्य न्याधिस सामक्ष राख्न थालेका छन् । फैसलाको समस्या, अदालतका कर्मचारीले दिने दुःख लगायत बिषयमा सेवाग्राहीले नहिचकिचाई ग...
स्टेशन म्यानेजरसहित पाँच रेडियोकर्मीद्धारा सामुहिक राजिनामा

स्टेशन म्यानेजरसहित पाँच रेडियोकर्मीद्धारा सामुहिक राजिनामा

भोजपुर । व्यवस्थापन प्रति असन्तुष्टी जनाउँदै रेडियो भोजपुरमा कार्यरत स्टेशन मेनेजरसहित पाँच रेडियोकर्मीले सामुहिक राजिनामा दिएका छन । रेडियोमा कार्यरत एक महिला कर्मचारीको अश्लिल फोटो सार्वजनिक भएर रेडियोमा नै गम्भीर असर पुगेको बिषयमा जानकारी गराउदा पनि व्यवस्थापनले ध्यान नदिएको भन्दै उनीहरुले सामुहिक राजिनामा दिएका हुन । राजिनामा दिनेहरुमा स्टेशन म्यानेजर सरस्वती तामाङ्ग, बजार व्यवस्...
वैशाखदेखि देशभर लोडसेडिङ नहुने

वैशाखदेखि देशभर लोडसेडिङ नहुने

काठमाडौं । दैनिक घन्टौं लोडसेडिङको सामना गर्दै आएका उपभोक्ताले वैशाखदेखि भने त्यस्तो समस्या झेल्न नपर्ने भएको छ । बिहान र बेलुकाको पिक आवरमा समेत विद्युत्त कटौती गर्न छाडेको नेपाल विद्युत्त प्राधिकरणले आगामी वैशाखदेखि मुलुकभरबाट पूर्ण रुपमा लोडसेडिङ हटाउने घोषणा गरेको छ । प्राधिकरणको यस घोषणासँगै लोडसेडिङका कारण वर्षौंदेखि सास्ती बेहोर्दै आएका उपभोक्तालाई राहत मिल्ने भएको छ । प्राधिकरणका कार्यक...
उपभोक्ताको अधिकार नघटाए देशब्यापी आन्दोलनको चेतावनी

उपभोक्ताको अधिकार नघटाए देशब्यापी आन्दोलनको चेतावनी

धनकुटा । सरकारले निर्माणका काममा उपभोक्ता समितिलाई अधिकार थप गरी सार्वजनिक खरिद नियमावली संशोधन गरेपछि निर्माण ब्यवसायीले बिरोध जनाएका छन । पूर्वाञ्चल क्षेत्रीय निर्माण ब्यवसायी संघ बिराटनगर र नेपाल निर्माण ब्यवसायी संघ धनकुटाले मंगलवार जिल्ला सदरमुकाममा संयुक्त पत्रकार सम्मेलन गरी नियमावली फिर्ता लिन माग गरेका हुन । ०७३ फागुन २६ गते सरकारले सार्वजनिक खरिद नियमावली–२०६४ मा पाँचौ संशोधन गरेर उपभो...
काठमाडौंमा होइन, भरतपुरबाट मेयरमा उठ्छु: रेणु दाहाल

काठमाडौंमा होइन, भरतपुरबाट मेयरमा उठ्छु: रेणु दाहाल

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रबाट नेत्री रेणु दाहाल लड्ने भएकी छन् । गृह जिल्ला चितवनबाट नै आफूलाई स्थानीय तहको निर्वाचनका लागि आउन बारम्बार दबाब आएको भन्दै रेणुले काठमाडौं महानगरपालिकामा मेयरमा उठ्ने हल्ला चलिरहेका बेला यसो भनेकी हुन्। उनले भनिन्, ‘म काठमाडौंमा होइन, भरतपुर महानगरपालिकाको मेयरमा उठ्छु ।’ काठमाडौं महानगरपालिकाको मेयरका लागि नेपाली कांग्रेसबाट...
जनसंख्याका आधारमा स्थानीय तहः काठमाडौंमा थप्ने कि मधेसमा ?

जनसंख्याका आधारमा स्थानीय तहः काठमाडौंमा थप्ने कि मधेसमा ?

काठमाडौं । मधेसकेन्द्रित दलहरुले दुई नम्बर प्रदेशमा स्थानीय तहको संख्या बढाउनुपर्ने माग गर्दै आएका छन् । तर, जनसंख्याका आधारमा स्थानीय तहको संख्या थप्ने नै हो भने ‘मधेस’मा होइन, ‘काठमाडौं’मा चाहिँ संख्या थप गर्नुपर्ने देखिएको छ । दुई नम्बर प्रदेशमा स्थानीय तहको संख्या बढाउनुपर्ने माग गर्दै आएका मधेसकेन्द्रित दलहरुको तर्क छ कि अहिले तोकिएको स्थानीय तह जनसंख्या अनुसार भएन । तर, दुई नम्बर प्रदेशका...
error: Content is protected !!