दमास्कस । अमेरिकी हवाई सेनाले गृह युद्धमा होमिएको सिरियामाथि आक्रमण शुरु गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा अमेरिकी सेनाले ५९ वटा क्रुज मिसाइल सिरियाली सेनाको हवाई अड्डामा प्रहार गरेका छन् ।

उक्त आक्रमणबाट भएको क्षति विवरण अझै थाहा हुन सकेको छैन।आक्रमणबाट सिरियाको सैन्य अड्डामा निकै ठूलो क्षति भएको अमेरिकाले दाबी गरेको छ ।
सिरियामा गृह युद्ध शुरु भएको ६ वर्षमा पहिलो पटक अमेरिकाले सिरियाका राष्ट्रपति बसार अलअसाद विरुद्ध सोझै आक्रमण गरेका हो ।

Advertisement

यस अघि बाराक ओबामा राष्ट्रपति हुँदा अमेरिकाले सिरियामाथि आक्रमण गर्ने योजना बनेपनि त्यसबाट ओबामा पछि हटेका थिए । त्यसको कारण असादको सत्ता गिरेपछि सिरियामा कसले स्थायित्व दिन्छ भन्ने प्रश्न थियो ित्यसबाहेक सिरियामा असाद सत्तालाई समर्थन गर्दै रसियाका सेना उपस्थित हुनु हो ित्यस्ता आक्रमणले अमेरिका र रसियालाई पनि द्वन्द्वतर्फ उन्मुख गराउन सक्ने खतरा हुन्छ ।

आक्रमण एक पटकका लागि मात्र भनिएको छ, तर अब असादलाई समर्थन गर्ने इरान र रसियाले कस्तो प्रतिक्रिया दिने हुन् हेर्न बाँकी छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त आक्रमण सिरियाले त्यहाँको विद्रोहीहरु भएको क्षेत्रमा गरेको विषालु रसायानिक ग्यास सरिन प्रयोग गर्दा दर्जनौंको संख्यामा नागरिकहरुको मृत्यु भएको बदलामा गरिएको बताएको छन्।

ग्यास आक्रमणबाट दर्जनौं बालबालिका सिकार भएका थिए । अमेरिकी जल सेनाको मेडिटेरानियनस्थित अड्डाहरु युएसएस रोज र युएसएस पोर्टरबाट मिसाइलहरु प्रहार गरिएको थियो ।

सिरियाली सेनाको होम्स प्रदेशको शायरत भन्ने स्थानमा मिसाइल प्रहार भएको थियो । त्यहाँ सिरियाको सेनाको अड्डा छ र नागरकिक माथि रसायनिक आक्रमण त्यहि स्थानबाट भएको अमेरिकी दाबी छ । एजेन्सी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!