गुल्मी । स्थानीय तहको निर्वाचनमा गुल्मीमा महिला उम्मेद्वारका आकांक्षी उल्लेख्य पाइएका छन् । कांग्रेस एमाले र माओवादीमा वडादेखि नगरपालिकासम्ममा महिला उम्मेद्वारका आकांक्षीहरु बढि देखिएका हुन् ।

Advertisement

रेसुङगा नगरपालिका

नेपाली कांग्रेस श्रोतका अनुसार रेसुङ्गा नगरपालिकामा वडाअध्यक्ष देखि मेयरसम्ममा महलिाको उमेद्वारी पर्ने चर्चा सूरु भएको छ । त्यसमा कांग्रेसबाट अमृतादेवि कुँवर , राधा पन्थी , अम्वीका श्रेष्ठ , गंगा पाण्डे लगायत रहेका छन् ।

त्यस्तै नेकपा एमालेबाट पनि वडा अध्यक्ष देखि मेयर सम्मको दावी गर्ने ललिता गौतम , हिरा कुँवर , सिता भण्डारी लगायत रहेका छन् । उता, नेकपा माओवादी केन्द्रबाट गीता रिजाल थापा , कमला पुन मेयर, उपमेयरसम्मको हैसियत राख्ने महिला रहेको बताइएको छ ।

त्यस्तै रिता चुँदरा ,ममता माहकिम, सिता बिश्वकर्मा, कमला परियार , ज्ञानु सुनार र रिमा नेपाली , गोमा धुरेल , गोमा तङनामी , ईन्द्र श्रेष्ठ र सावित्रा पाण्डे वडा अध्यक्ष सम्मको दावेदारी हैसियत बनाएका महिलाहरु भएको माओवादी केन्द्र रेसुङ्गा नगरकमिटी अध्यक्ष अशोक थापाले बताए ।

मुसिकोट नगरपालिका

नेपाली कांग्रेसबाट मेयर पदकै सम्भावित उमेदवारका रुपमा विष्णुकुमारी सापकोटाको चर्चा छ । त्यस्तै सो पार्टीबाट मुसिकोट नगरपालिकोको वडा अध्यक्षदेखि उपमेयर सम्मको आकंक्षीका रुपमा अनिषा केसी र कल्पना घिमिरे लगायतलाई लिने गरिएको छ ।

त्यस्तै नेकपा एमालेबाट मुसिकोट नगरपालिकाको मेयर सम्मको उमेदवारीको हैसियतमा कमला शर्मा , सिता भुसाल , प्रतिमा केसी लगायतका नेतृहरु रहेको पार्टी श्रोतले जनाएको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्रबाट मुसिकोट नगरपालिकामा वडा अध्यक्ष देखि मेयर सम्मको उमेदवारीको हैसियत बनाएका महिलाहरुमा सावित्रा खरेल, कमला कार्की , चन्द्रा थापा , कमला पाठक , निरा सुनार, विन्दु सापकोटा , कोपिला महत , भिमकुमारी नेपाली लगायतका नेतृहरु रहेका छन् ।

ईस्मा गाउँपालिका

ईस्मा गाउँपालिकाको वडा अध्यक्ष देखि गाउँपालिका प्रमुख सम्मको उमेदवारीको हैसियतमा पुगेका नेतृहरुमा राधा रिजाल , गिता घिमिरे , उषा केसी र कमला कुँवर रहेका छन् । सो पालिकामा एमालेबाट विमाल खत्री र सिता रिजाल त्यही हैसियतका महिलाहरु रहेको जनाईएको छ । माओवादी केन्द्रबाट विमला थापा वडा अध्यक्ष देखि गाउँ उपप्रमुख सम्मको हैसियतमा रहेको जनाईएको छ ।

मालिका गाउँपालिका

कांग्रेसबाटै मालिका गाउँपालिकाको मेयर सम्मको हैसियतमा पुगेका महिलाहरुमा सिता अर्याल , हेमन्ता अर्याल र अनिषा अर्याल लगायत रहेका छन् । नेकपा एमालेबाट सो गाउँपालिकाको मेयर सम्मको उमेदवारीको दावि गर्ने हैसियतमा रहेका महिलाहरुमा रनमाया पुन , गगनशिला खड्का , सरस्वती गिरी, सावित्रा अर्याल लगायत छन् ।

नेकपा माओवादी केन्द्रबाट मालिका गाउँपालिका प्रमख उपप्रमुख सम्मको दावी गर्ने हैसियतमा घमिरकी चन्द्रमा लम्साल, ह्वाङदीकी उषा बुढा , अर्खबाङ्गकी सिता भट्राई र दर्लिङ्गकी ज्योति सुनार र गोमा घर्ति रहेको सो पार्टीले जनाएको रातोपाटीमा समाचार छ ।

माओवादी केन्द्रबाट सोही गाउँ पालिकाको विभिन्न वडाको अध्यक्ष सम्म दावी गर्ने हैसियतमा ह्वाङ्गदीकी शोभा थापा, दर्लिङ्गकी हिरा बिक, घमिरकी उमा कार्की , छापाहिले कि किमा बिक रहेको सो पार्टीका त्यस भेगका ईन्चार्ज अर्जुन बुढा मगरले बताए ।

धुर्कोट गाउँपालिका
धुर्कोट गाउँपालिकामा नेपाली कांग्रेसबाट मिना जिसी , जानकी भण्डारी लगायतका महिलाहरु गाउँ प्रमुख सम्मको हैसियतमा छन् । सोही गाउँपालिकामा एमालेको तर्फबाट वसुन्धारा भण्डारी र कमला विश्वकर्मामा गाउँ प्रमुख सम्मको दावेदारी गर्न सक्ने नेतृहरु हुन् ।

नेकपा माओवादी केन्द्रको तर्फबाट कमला घर्ति , विनिता पोखरेल मेयर उपमेयर सम्मको दावि गर्ने नेतृहरु हुन् । त्यस्तै सोही पार्टीबाट वडा अध्यक्ष सम्मको दावि गर्नेहरुमा जैसीथोककी तारा खनाल, हाडहाडेकी भिमकला कुँवर, वस्तुकी सिता बिक, धुर्कोटकी पेउली कुँवर नयाँगाउँकी सावित्रा घर्ति, तेजकुमारी थापा, मना घर्ति र रञ्जु खत्री रहेको जनाईएको छ ।

मदाने गाउँपालिकामा

मदाने गाउँपालिकामा नेपाली कांग्रेसबाट सुशिला भुसाल , ईश्वरादेवि कुँवर, विष्णु कँुवर गाउँपालिका प्रमुख, उपप्रमुख सम्मको हैसियत बनाएका नेतृहरु हुन् । सो पालिकामा एमालेबाट शरिता खड्का गाउँ प्रमुख सम्मको हैसियतमा रहेको सोही पार्टीले जनाएको छ ।

नेकपा माओवादी केन्द्रबाट मालिका गाउँपालिकामा उमा बिक , भनभनेकी रामकुमारी घर्ति र म्यालपोखरीकी कमला भट्राई मेयर उपमेयर सम्मको दावि गर्ने हैसियतका महिलाहरु हुन् । उमा बिक जिल्ला पार्टीकै उपाध्यक्ष भई सकेकी महिला समेत रहेको सो पार्टीका जिल्ला सह ईन्चार्ज सुर्दशन बरालले बताए ।

गुल्मी दरवार गाउँपालिकामा

यता गुल्मी दरवार गाउँपालिकामा नेपाली कांग्रेसबाट भने नेतृ धेरै रहेको भन्दै सिमित केहि महिलाहरुको मात्रै नाम दिन नसकीने त्यहाँको कांग्रेसले बतायो । एमालेले भने त्यहाँ राधा अर्याल गाउँपालिका प्रमुख सम्मको हैसियत भएको जनायो ।

माओवादी केन्द्रबाट गुल्मी दरवार गाउँपालिकामा उप मेयर देखि वडा अध्यक्ष सम्मको दावि गर्ने महिलाहरुमा सिता सर्तुङ्गे , उषा रायमाझी, लक्षिमा सुनार , सावित्री ज्ञवाली रहेको सो पार्टीले जनाएको छ ।

छत्रकोट गाउँपालिकामा

छत्रकोट गाउँपालिकामा कांग्रेसबाट भगवाती भण्डारी , धना भण्डारी र जमुना न्यौपाने गाउँ पालिका प्रमुख सम्मको हैसियतमा रहेका महिलाहरु हुन ् । एमालेबाट पनि त्यस्तै हैसियत भएका महिलाहरुमा पर्छन् नर्मदा भण्डारी र शारदा भण्डारी ।

नेकपा माओवादी केन्द्राट छत्रकोट गाउँ पालिकामा तारा थापा उप प्रमुख सम्मको र गिता थापा, सरस्वती पौड्याल वडा अध्यक्ष सम्मको हैसियतमा रहेको सो पार्टीले जनाएको छ ।

रुरु गाउँपालिका

रुरु गाउँपालिकामा कांग्रेसको तर्फबाट निर्मला पाण्डे , सकुन्तला पाण्डे र पम्फा डंगोल गाउँ प्रमुख सम्मको उमेदवारी दिने हैसियतका नेतृहरु हुन् । एमालेबाट लक्ष्मी पन्त , तुल्सी श्रेष्ठ र शारदा गौतम गाउँ पालिका प्रमुख सम्मको उमेदवारी दिन सक्ने नेतृहरु हुन् ।

नेकपा मओवादीबाट त्यस पालिकामा सुचना ठडराई ( दलित महिला ) गाउँपालिका प्रमुख सम्मको हैसियत राख्ने नेतृ हुन् । त्यस्तै रुरुकी कमला बिक, सरस्वती घर्ति मगर, वलेटक्सारकी निर्मला श्रेष्ठ, लक्ष्मी पौड्याल वडा अध्यक्ष सम्मको हैसियतमा रहेको सो पार्टीबाट रुरु गाउँपालिकाको सम्भावित गाउँ प्रमुखका उमेदवार यदु ज्ञवालीले बताए ।

कालिगण्डकी गाउँ पालिकामा

कालिगण्डकी गाउँ पालिकामा कांग्रेसबाट कांग्रेसबाट मिना राना र देवि पुन मेयर उप मेयर सम्मको हैसियत रहेका नेतृहरु हुन् । एमालेबाट सो पालिकामा भागीरथी प्रधान, चन्द्रा पराजुली लगायतका महिला गाउँ प्रमुख सम्मको उमेदवारी दिने हैसियतका महिलाहरु हुन् ।

नेकपा माओवादी केन्द्रबाट अमृता न्यौपाने र मञ्जु दर्लामी र देवि शर्मा गाउँपालिका प्रमुख उपप्रमुख सम्मको हैसियतमा रहेका महिलाहरु भएको त्यस पार्टीका संगठन विभाग प्रमुख युवराज केसीले बताए ।

सत्वती गाउँपालिकामा

त्यस्तै सत्वती गाउँपालिकामा कांग्रेसबाट तुल्सा भुसाल, सिता केसी र एमालेबाट सुवर्ण शाही , शोभा भण्डारी , लक्ष्मी न्यौपाने निरु तरामु , कल्पना तरामु गाउँ प्रमुख सम्मको दावा गर्न सक्ने महिलाहरु हुन् ।

माओवादी केन्द्रबाट टोपला थापा रमा राहडी प्रमुख उपप्रमुख सम्मको हैसियत पार्टीमा बनाएका महिलाहरु हुन् ।

चन्द्रकोट गाउँपालिका

चन्द्रकोट गाउँपालिकामा भने नेकपा माओवादी केन्द्रका माथिल्लो हैसियत भएका नेतृहरु धेरै देखिएका छन् । सुमित्रा क्षेत्री सापकोटा, लिला थापा वराल , उर्मिला श्रीस , सुशिला पुन , सुमित्रा पुन गाउँप्रमुख सम्मको हैसियत भएका नेतृहरु भएको सो पार्टीले जनाएको छ । सो गाउँ पालिकामा कांग्रेसबाट गिता थापा , एमालेबाट राधीका अर्याल , कमला अर्याल र आशा गौतम प्रमुख उपप्रमुख सम्मको हैसियत भएको नेकपा एमालेका जिल्ला सचिव सोमनाथ सापकोटाले बताए ।

तीन पार्टीमा जातिगत स्थान

कांग्रेसबाट कुल २७ जना महिला नेतृको नाम चर्चामा रहेकोकोमा १६ जना व्राम्हण महिला , ८ जना क्षेत्री र ३ जना जनजाती महिलाहरु रहेका छन भने दलित महिला एक जना पनि छैनन् । नेकपा एमालेबाट संभावित महिला उमेदवार वा आंकक्षी महिलाहरुको कुल संख्या ३१ मध्ये १७ जना व्राम्हण समुदायका महिला छन् । ६ जना क्षेत्री र ७ जना जनजाती, दलित महिला जम्मा एक जना मात्रै छन् ।

माओवादी केन्द्रका ४० जना महिलामध्ये व्राम्हण, जनजाती र दलित महिलाहरुको संख्या वरावरी रहेको छ । माओवादी केन्द्रले आफ्ना सम्भावित उमेदरवार या दावी गर्न सक्ने हैसियतका व्राम्हण महिलाहरु ११ जना , क्षेत्री समुदायका ७ जना , जनजाती र दलित समुदायका महिलाहरु ११/११ जना रहेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!