दिनभरि फोहोरमा ‘मोहोर’ खोज्ने मोनीको ‘जीवन-संघर्ष’
विराटनगर । सबैका फरक–फरक कथा हुन्छन् । ती कथाभित्र आ-आफ्नै दुःख पनि लुकेको हुन्छ । तिनै मध्ये यो कथा विराटनगर-१७ रानीकी ३५ वर्षीया मोनी खातुनको हो । उनको दैनिकी विराटनगर-६ स्थित ब्रम्हपुरास्थित ‘डम्पिङ साइट’ मा बित्ने गरेको छ । त्यहीँबाटै उनले जीविकोपार्जनसँगै छोराछोरीको शिक्षादीक्षाको खर्च जोहो गर्छिन् ।
बिहानको घामसँगै उठ्ने धुलो र दुर्गन्धको कुनै प्रवाह नगरी मोनी हरेक दिन बिहान ९ बजे ‘डम्पिङ...





























