धानखेतमा भेटियो ३९६ किलो गाँजा
विराटनगर । सप्तरीमा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद भएको छ । प्रहरीले डाक्नेश्वरी नगरपालिका-५ पातोस्थित महादेवा टोलबाट ३९६ किलो गाँजा बरामद भएको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार नहर छेउमा रहेको धान खेत तथा बाँसघारीमा बेवारिसे अवस्थामा राखिएको गाँजा बरामद भएको छ । १७ वटा पोकामा उक्त परिमाणमा गाँजा बरामद भएको प्रहरीको भनाइ छ ।
कसले कहाँबाट ल्याएर राखेको हो भन्ने विषय खुल्न बाँकी छ ...





























