विराटनगरमा सिटी सफारी चलाउन ‘सुरक्षित चालक’ लेखिएको ज्याकेट अनिवार्य
विराटनगर । मोरङमा ‘सुरक्षित चालक’ अभियानअन्तर्गत पाँच सय सिटी सफारी चालकलाई ज्याकेट वितरण गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले आज एक कार्यक्रमको आयोजना गर्दै सिटी सफारी चालहरूलाई ‘सुरक्षित चालक’ लेखिएको ज्याकेट वितरण गरेको हो ।
विराटनगर महानगरपालिका भित्र सञ्चालित सिटी सफारीलाई सुरक्षित तथा चालकलाई अनुशासित, जिम्मेवार र मर्यादित बनाउन अभियानको शुभारम्भ गरिएको जिल्ला ट्राफिक प्रहरी क...
































