विराटनगरबाट ब्राउन सुगरसहित तीन जना पक्राउ
विराटनगर । विराटनगर महानगरपालिका–१५ बाट लागुऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–९ का ३८ बर्षीय सन्दिप खड्का, काठमाडौंको स्वयम्भु नगरपालिका–१५ का २३ बर्षीय हिमाल नेपाल र रामेछापको देउराली गाउँपालिका–५ का ३४ बर्षीय कृष्ण बहादुर मगर छन् ।
गएराती १० बजे ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको मोबाइल गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेक...































