संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटा नगरपालिका वडा नं. ७ स्थित जिरोप्वाइन्ट टोल विकास संस्थाको अध्यक्षमा पुनः दिलकुमार राई निर्वाचित भएका छन् । संस्थाको आज सम्पन्न साधारण सभाले राईको अध्यक्षतामा १५ सदस्यीय समिति निर्माण गरेको हो ।

Advertisement

समितिको उपाध्यक्षमा आशा राई, सचिवमा उर्गेन शाक्य, सहसचिवमा शारदा राई र कोषाध्यक्षमा सविता श्रेष्ठ निर्वाचित भएको निर्वाचन समितिका संयोजक नैन विश्वकर्माले जानकारी दिए ।

त्यस्तैगरी, सदस्यहरूमा श्याम तिम्सिना, तुलसी बाराकोटी, श्याम राना, देवी बराइली, अविरजंग लिम्बू, दिलिप राई, सृजना श्रेष्ठ, टेकबहादुर श्रेष्ठ, धनमाया राई र सीता चौहान निर्वाचित भएका छन् ।

साधारण सभाले नैन विश्वकर्मा, कृष्णभगत श्रेष्ठ, मोहनकुमार श्रेष्ठ, शान्ता रसाइली, रामबहादुर राई र केदार दाहाल सम्मिलित सल्लाहकार समिति पनि गठन गरेको छ ।

ज्येष्ठ नागरिक कृष्णभगत श्रेष्ठले उद्घाटन गरेको साधारणसभामा समितिका सचिव उर्गेन शाक्यले संस्थाको नाममा २ लाख ४५ हजार ८५० रुपैयाँ बचत रहेको प्रतिवेदन प्रस्तुत गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!