संगालोखबर सम्वाददाता

काठमाडौं । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले माइती नेपाललाई एम्बुलेन्स प्रदान गर्ने घोषणा गरेका छन् । मानव बेचविखन विरुद्धको विश्व दिवसको अवसरमा माइती नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै सांसद शर्माले यस्तो घोषणा गरेका हुन् ।

Advertisement

सिएनएन हिरोसमेत बनिसकेकी अनुराधा कोइरालाले सञ्चालन गरेको माइती नेपालले महिला तथा बालबालिका बेचविखन विरुद्ध काम गर्दै आएको छ । सो संस्थाले एम्बुलेन्सको स्वीकृति लिएको ७२ घण्टाभित्र एम्बुलेन्स खरिद गरिदिने सांसद शर्माले बताए ।

मोरङको क्षेत्र नं.३ बाट निर्वाचित सांसद शर्माले यसअघि पनि विभिन्न सामाजिक संघ संस्थालाई एक दर्जन बढी एम्बुलेन्स दिइसकेका छन् । पूर्वी पहाडी जिल्ला पाँचथर र कर्णाली प्रदेशको विकट जिल्ला कालीकोटमा पनि सांसद शर्माले एम्बुलेन्स दिएका छन् । झापा, मोरङमा पनि सांसद शर्माले प्रदान गरेका एम्बुलेन्सबाट धेरै विरामीले सेवा पाइरहेका छन् ।

काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको अध्यक्ष हुँदा डा.शर्माले २०७८ असार ११ गते माइती नेपालसँग सम्झौता गरी यौनकर्मी, एचआइभी संक्रमण पीडित तथा अनाथ बालबालिकालाई ५० लाख बराबरको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइदिएका थिए ।

माइती नेपालमार्फत आउँनेलाई दिइदै आएको निःशुल्क उपचार सेवालाई निरन्तरता दिइने सांसद शर्माले जानकारी दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!