रबिन कटेल/संगालोखबर

धनकुटा । कोशी प्रदेशका खानेपानी, सिंचाइ तथा उर्जामन्त्री प्रदिपकुमार सुनुवारले उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकार दुई वर्षसम्म टिक्ने दावी गरेका छन् ।

Advertisement

नेपाली कांग्रेस धनकुटा नगरको आन्तरिक विशेष अभियान कार्यक्रमका लागि शनिवार धनकुटा आइपुगेका मन्त्री सुनुवारले यस्तो बताएका हुन् । मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत प्राप्त गर्ने दावी गर्दै उनले विश्वासको मत पाइसकेपछि दुई वर्षसम्म सरकार टिक्ने तर्क गरे ।

गठबन्धनसँग ४७ सिट अर्थात ५१ प्रतिशत सांसद भएर सरकार बनेकाले मुख्यमन्त्रीले विश्वासको मत पाउने उनले बताए । विश्वासको मत दिनका लागि राप्रपा र एमालेसँग पनि कुरा भइरहेको उनले जानकारी दिए ।

फरक प्रसङ्गमा उनले संघीयताको मर्म र भावना तल्लो तह बलियो बनाउने भएतापनि त्यस्तो हुन नसकेको उल्लेख गरे ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्यसमेत रहेका मन्त्री सुनुवारले आगामी चुनावमा कांग्रेसको एकल बहुमतको सरकार बनाउन सबै नेता कार्यकर्ता आफ्नो ठाउँबाट सक्रियतापूर्वक लाग्नुपर्ने आवश्यकता पनि औँल्याए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement