अनुष्का शर्माको फिल्म सेटमा दुर्घटना, एकको मृत्यु
एजेन्सी। बलिउड अभिनेत्री अनुष्का शर्माको आउँदो चलचित्र ‘परी’ को सेटमा भएको दुर्घटनामा एकको मृत्यु भएको छ ।
उक्त दुर्घटना कोलकातामा भएको हो जहाँ अनुष्का र परमव्रत चटर्जी दक्षिण २४ परगना जिल्लाको कोरोलबेरियामा उक्त फिल्मको सुटिङ गरिरहेका थिए ।
२८ वर्षीय शाह आलम नामका प्राविधिकको करेन्ट लागेका कारण मृत्यु भएको हो । दुर्घटनापश्चात् सुटिङ रद्द गरिएको छ ।
मृतक शाह आलम उत्तर प्रदेशका हुन् । सुटिङ स्...





















