संगालोखबर संवाददाता

काठमाडौ। तिज सकिन पाएको छैन । दशैँ तथा तिहारको गीत सार्वजनिक हुन थालिसकेका छन् ।

Advertisement

यस्तैमा गायक चुडामणि नेपाली र पूर्णकला बिसीको स्वारमा ‘म छु यता मुग्लानमा’ बोलको दशै लोकदोहोरी गीत सार्वजनिक भएको छ ।

युवाहरु घर र देशबाट टाढा रहेको कथाले गीतले बोलेको छ । ‘म छु यता मुग्लानमा’को शब्द सिर्जना गीतकार गणेश चौलागाइले गरेका हुन् भने लय गायक बिरही कार्कीकोको रहेको छ ।

भिडियो कुमार केसीले निर्देशन गरेका हुन् । मोडलिङ अभिनेत्री तथा मोडल रन्जिता गुरुङ र महेन्द्र गौतमको रहेको छ । गीतमा परदेशीको कहानी समावेश रहेको छ ।

मुग्लानमा हुँदा पाएको दुःख  र साहुसँग लिएको ऋण फिर्ता गर्न नसकेको पिडा भिडियोले दर्शाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement