कलाकार भएपछि समय अनुसार चल्नुपर्ने हो। तर अभिनेता निखिल उप्रेतीलाई हेर्दा लाग्छ, उनी समयलाई आफू अनुसार चलाउन खोजिरहेका छन्।

Advertisement

फेक आइडीले अत्यन्तै दुःख दिएपछि एकसाता अघि मात्र उनी फेसबुकमा आए र फेसबुक लाइभ गरेरै भने, ‘ मेरो नाममा खुलेका धेरै फेसबुक आइडीले गर्दा सधैँ मलाई डर र त्रास भयो। फाइनल्ली म आइपुगे।’ उनी सामाजिक संजालमा त अपडेट भए–भए, अब फिल्ममा पनि हुनुपर्ने देखियो।

करिब पाँच वर्षपछि ‘भैरव’बाट कमब्याक भएका निखिलका योबाहेक ‘लुटेरा’, ‘किङ’, ‘निर्भय’ सबै व्यवसायिक रुपमा असफल भए। अघिल्लो साता रिलिज भएको ‘संरक्षण’ पनि फ्लप भयो।

आफै निर्माता रहेको ‘रुद्र’ पनि नराम्रोसँग चिप्लयो। एक समय निकै चलेका निखिलले आफूलाई समय अनुसार अपग्रेड गर्न नसक्दा चिप्लिएको टिप्पणी अहिले फिल्मवृत्तमा भइरहेको छ।

त्यसो त भइरहेको पनि यस्तै छ। फिल्ममा उनी भएपछि एक्सन हुनैपछि। त्यसमाथि पछिल्ला थुप्रै फिल्ममा उनी लगातार प्रहरीको भुमिकामा छन्।

त्यसैले उनको काम दर्शकलाई नयाँ नलाग्नु स्वभाविक हो। दर्शकले लगातार आफ्ना फिल्म अस्वीकार गरेपछि निखिलले अब त आफूलाई परिवर्तन गर्न खोज्ने कि?

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!