एजेन्सी।  ऋतिक रोशन र सुजेन खान केही वर्षअघि नै छुट्टिइसकेका छन् । तर यो जोडी आज पनि एक–अर्काका लागि, एक अर्काको समर्थनमा उत्रिन्छन् ।

Advertisement

जतिबेला समय पाउँछन् तब आफ्ना सन्तानसँग उत्कृष्ट समय बिताउने गर्दछन् । पारिवारिक छुट्टी वा अन्य कुनै मौकामा उनीहरु सँगै देखिन्छन्, सम्बन्धविच्छेद भइसकेपछि पनि । केही समय अघि कंगना रनौतले ऋतिकविरुद्ध दिएको अन्तर्वार्ताविरुद्ध उनी खडा भइन् ।

कंगना रनौतको एक टेलिभिजन अन्तर्वार्ता निकै चर्चामा रह्यो जसमा उनले ऋतिक रोशन र उनका पिता राकेश रोशनमाथि थुप्रै आरोप लगाइन् । अघिल्लो वर्ष पनि कंगना र ऋतिकको सम्बन्ध र मेलको विषयमा निकै चर्चा भएको थियो ।

कंगनाले एक पटक पुनः अन्तर्वार्तामा ऋतिकसँगको आफ्नो सम्बन्धबारे खुलेर कुराकानी गर्दै उनीमाथि धोका र उत्पीडनको आरोप लगाएका छन् । ऋतिकमाथि हमला भएको देखेर उनकी पूर्व श्रीमती सुजेन खान उनको समर्थनमा उत्रिएकी छिन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!