काठमाडौं । रियालीटी सो नेपाल आइडलबाट  एक सशक्त प्रतिभा  मेनुका पौडेल बाहिरिएकी छिन् ।  शुक्रबार भएको शीर्ष ११ प्रतिस्पर्धीबीचको प्रतिस्पर्धामा दर्शकबाट कम भोट पाएको भन्दै  झापा बिर्तामोडकी उनी बाहिरिएकी हुन् ।

प्रतियोगितामा उनीसँगै केञ्जन मेहर श्रेष्ठ,  निशान भट्टराई र सन्ध्या जोशी डेन्जर जोनमा परेका थिए र सबैभन्दा कम भोट पाएको आधारमा उनी बाहिरिन पुगेकी हुन् ।

Advertisement

सुरिलो स्वरकी धनी उनी बाहिरिएसँगै प्रतियोगिताबारे समाजिक सञ्जालमा सही प्रतिभा छनोट हुन नसकेको भनि  टिप्पणी समेत भइरहेका छन् ।

मेनुका प्रतियोगिताबाट बाहिरिँदा प्रतिस्पर्धी र जजहरु भावुक देखिएका थिए । स्मरण रहोस् मेनुका दृष्टिविहिन हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!