संगालोखबर संवाददाता

युएई । प्रवासमा अलपत्र परेका नेपालीहरुको उद्धार र सहयोगका लागि शुक्रवार युएईमा तिज बिशेष साँस्कृतिक कार्यक्रम गरिएको छ । प्रवासी नेपाली मञ्च अबुधबी राज्य कमिटीले युएईको राजधानी अबुधबीको फल्क थिएटर बसपार्कमा कार्यक्रम आयोजना गरेको हो ।

युएईका लागी कार्यबाहक राजदुत नेत्रबहादुर टन्डन र प्रवासी नेपाली मंच राष्ट्रिय कमिटी अध्यक्ष श्याम कंडेलले कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा प्रवासी नेपाली मञ्च युएईमा आबद्ध युएईको ७ वटै राज्यबाट उल्लेख्यमात्रामा नेपालीहरु भेला भएका थिए ।

Advertisement

कार्यक्रममा गायक बद्री पंगेनी र प्रिया भण्डारीले गीत गाएर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । त्यस्तै बैदेशिक रोजगारीकै क्रममा रहेका नेपाली कलाकारहरुले पनि प्रस्तुती गरेका थिए ।

प्रवासमा अलपत्र अवस्थामा रहेका नेपाली महिलाहरुलाई घर फर्काउँनका लागि आर्थिक सहयोग जुटाउँने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको राष्ट्रिय कमिटी सचिब प्रविण पोख्रेलले संगालोखबरलाई जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement