संगालोखबर संवाददाता

एजेन्सी । डेरा सच्चा सौदा प्रमुख राम रहिमलाई दुई साध्वी बलात्कारको मुद्दामा सिबिआइको विशेष अदालतका न्यायाधिस जगदीप सिंह लोहानले १०–१० वर्षको सजायँ सुनाए ।

Advertisement

बाबालाई सजायँ सुनाएको खबर आगोसरी फैलियो । जब राम रहिमको सजायँको खबर शाहरुख खानले थाहा पाए तब उनको प्रतिक्रिया केही भिन्न थियो । स्मरण रहोस्, जब अदालमा न्यायाधिसले निर्णय सुनाइरहेका थिए तब शाहरुख खान एक टक शोको सुटिङमा व्यस्त थिए ।

राम रहिमको खबर सुन्ने बित्तिकै रोकिदिए सुटिङ

बाबाले सजायँ पाएको खबर सुन्नेबित्तिकै शाहरुख खान निकै खुसी देखिए ।

उक्त खबर सुन्ने बित्तिकै शाहरुख खानले सेटमा सबै दर्शकका सामुन्ने गुरमित राम रहिमले सजायँ पाएकाले आफू निकै खुसी भएको बताए ।

शाहरुख खानले सेटमा रहेका सबैले अदालतको उक्त निर्णयलाई स्वागत गर्नुपर्ने बताए ।

शाहरुखले ताली बजाएर स्वागत गरेः

खबरका अनुसार शाहरुख खानको उक्त कुरा सुनेपछि सेटमा रहेका सबै दर्शकले ताली बनाएर उनको समर्थन गरे ।

उक्त खबर पछि सेटको माहोल थोरै बेरका लागि परिवर्तन भएको थियो । मानिसहरुले धेरै बेरसम्म उक्त निर्णयबारे कुरा गरे ।

सूत्रका अनुसार शाहरुखले बाबाको सजायँ सुन्नेबित्तिकै आफूलाई मनपर्ने टक शोको सुटिङ केही बेरका लागि रोकेका थिए ।

टक शोको सुटिङः

शाहरुख खानले जब यसबारे सूचना पाए तब उनी आफूलाई मनपर्ने टक शो ‘टेड टक्स इन्डियाः नई सोच’ को सुटिङमा व्यस्त थिए ।

यो शो एक चर्चित अन्तर्राष्ट्रिय भिडियो सिरिज ‘टेड टक्स’ को टेलिभिजन भर्सन हो जसमा विभिन्न क्षेत्रसँग जोडिएको थुप्रै मानिसहरुको मुद्दामा चर्चा हुने गर्दछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement