मुम्बाई । बाहुबली सिरिजको हिट जोडी प्रभास (बाहुवली) र अनुष्का शेट्टी (देवसेना) बीच प्रेम सम्बन्धको खबर यतिबेला चर्चाको विषय बनेको छ ।

Advertisement

केही मिडियाहरुमा दुवैको प्रेमबारे समाचारहरु बाहिर आएको थियो भने उनीहरु चाँडै विवाह बन्धनमा बाँधिन लागेको समते बताइएको थियो ।लामो समयसम्म यस विषयमा दुवै मौन रहेका थिए । तर, अहिले आएर प्रभासले यो विषयमा बोलेका छन् ।

हालै मात्र एक अन्तर्वार्तामा उनले आफू अहिले विवाहका लागि तयार नभएको बताएका हुन् ।

३७ वर्षीय अभिनेताले अनुष्कासँगको प्रमेबारे भने, ‘मलाई यस्तै लागेको थियो । यदी तपाइँ कुनै पनि नायिकासँग दुईभन्दा धेरै चलचत्रि खेल्नुभयो भने मानिसहरुले यस्तै हल्ला फैलाउँछन् । मेरो लागि यो सामान्य कुरा हो । मलाई शुरुमा मिडियाले कसरी यस्तो लेख्न सक्छ भन्ने लागेर दुःख लागेको थियो । तर, अहिले मलाई केही फरक पर्दैन ।’

विवाहको बारे पनि उनले स्पष्ट पादै आफ्ना महिला फ्यानहरलाई निराश नहुन आग्रह गरे । ‘म अहिले विवाह गर्न चाहँदिन । यसबारे त मैले सोचेको पनि छैन,’ उनले भने । जेन्सी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!