संगालोखबर संवाददाता

मुम्बई। बलिउड अभिनेता  सीताराम पंचालको निधन भएको छ । बिहिबार बिहान मिरा रोड (मुम्बइ नजिक)अवस्थित आफ्नै निवासमा उनको निधन भएको हो ।

Advertisement

बिगत चारबर्ष देखि किड्नी लगायतका क्यान्सरबाट पीडित पंचालको  बिमारीका कारण वजन घटेर ३० किलोमा झरेको छ ।

पंचालले ‘स्मलडाग मिलेनियर’, ‘द लिजेन्ड अफ भगत सिंह’, ‘जोली एलएलबी’, ‘सारे जहाँ से महंगा’, ‘हल्ला बोल’ लगायत थुप्रै चलचित्रमा काम गरेका छन् ।

पछिल्लो समय उनी आर्थिक ससंकटमा परेका थिए ।  आर्थिक समस्याकै कारण उनले महँगो उपचार छोडेर आफुलाई आर्युबेदीक पद्दतीबाट उपचार गराउँदै आएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement