- गोमा ढुंगाना/संगालोखबर

धनकुटा, १५ साउन । धनकुटामा भएको ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ अडिसनमा ८७ जना छनौट भएका छन । धनकुटा स्थित टिन्स क्रियू डान्स सेन्टरमा शनिवार भएको पहिलो छनौट चरण पार गर्दै नृत्य, गायन र अभिनय बिधाका ८७ जना दोस्रो चरणमा प्रवेश गरेका हुन ।

अडिसनमा गायन, नृत्य र अभियान गरी तीन बिधामा १ सय १३ जना सहभागि भएका थिए । जसमध्ये ७२ जनालाई प्रस्तुतिकै क्रममा निर्णायकले छनौट गरेका थिए । ‘डेन्जर जोन’ मा परेका २० जना मध्यबाट १५ जनालाई छनौट गरिएको अडिसनका संयोजक सुमन योगीले जानकारी दिए ।

प्रतियोगिलाई छनौटका लागि सरोज भुलेज, रविकिरण लिम्बु र सुमन योगी निर्णायकको भूमिकामा थिए । टिन्स क्रियू डान्स सेन्टर धनकुटाको आयोजनामा साउन ५ गतेबाट पूर्वाञ्चल गट ट्यालेन्ट सुरु भएको हो ।

यसअघि झापाको विर्तामोड, सुनसरीको इटहरी, संखुवासभाको खादवारी, तेह्रथुमको बसन्तपुर र भोजपुरमा अडिसन भएको थियो ।

धनकुटासहित ६ वटै जिल्लाको अडिसनबाट २ सय १ जना छनौट भई दोस्रो चरणमा प्रवेश गरेका छन । यसपश्चात भदौ ३ गते दोस्रो चरणको छनौट गरिनेछ । मंसिर २३ गते धनकुटामा हुने फाईनलबाट ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ छनौट हुनेछन ।

बिजयी हुँनेले १ लाख नगद पाउँने आयोजक टिन्स क्रियू डान्स सेन्टरका अध्यक्ष जयन्ती राईले जानकारी दिईन् । संगालोखबर पनि ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ को मिडिया पार्टनर रहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!