बलिउडमा रोमान्टिक हिरोको रुपमा परिचित नायक साहरुख खानलाई भारतभरबाट ७ हजार भन्दा बढी ‘सेजल’ नाम गरेका यूवतीले पत्र पठाएका छन् ।
नायक साहरुख खान र नायिका अनुष्का शर्मा अभिनित चलचित्र ‘जब ह्यारी मेट सेजल’ राखिएको छ । यो चलचित्र अगष्ट ४ गतेबाट रिलिज हुँदैछ ।
साहरुखले चलचित्रको प्रचारमा नयाँ प्रयोग गर्दै ‘सेजल’ नाम गरेका यूवतीलाई पत्र लेख्न भनेका थिए । जुन शहरमा बढी ‘सेजल’ छन्, उनीहरुलाई भेट्न आफू पुग्ने साहरुखको भनाई थियो ।
यो आग्रह गरिएको केही दिनमै ७ हजार बढी ‘सेजल’ नाम गरेका यूवतीले पत्र पठाएको निर्माण कम्पनी रेड चिल्लीले भारतीय मिडियालाई बताएको छ ।
तर, सबैभन्दा बढी अहमदाबादबाट ‘सेजल’ नाम गरेका यूवतीको पत्र प्राप्त भएको छ । यसैले, साहरुखले चलचित्रको ‘राधा’ बोलको गीतको भिडियो यो शहरमा पुगेर आज सार्वजनिक गर्दैछन् ।
इम्तियाज अलीको निर्देशनमा तयार भएको यो चलचित्रको ३ वटा मिनी ट्रेलर रिलिज भैसकेको छ, जसले सर्वाधिक चर्चा पनि पाएको छ ।